पिकलबल अन्तरास्टिय पर्तिस्पर्धा गर्न नेपाली टोलि भारत प्रस्थान !

काठमाडौं,२६ माघ । पिकलबल खेलको अन्तरास्टिय प्रतिस्पर्धा गर्न नेपाली टोलि भारत प्रस्थान गरेको छ ।

भारतको गोवामा फेब्रुवरी १० देखि १२ सम्म हुने इन्डियन पिकलबल ओपन २०२३ मा सहभागी हुन १६ जनाको नेपालीटोली भारत प्रस्थान गरेको हो ।

नेपालले पिकलबलको अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक सहभागीता जनाउन लागेको खेलाडी जनक फडेराले बताए। भारतमा हुने उक्त खेलमा पिकलबल खेलाडीहरुले नेपाली उत्पादनलाई चिनाउने नेपाली ब्राण्ड ‘थ्रेड गार्मेन्ट’को जर्सी लगाएर खेल्नेछन्।

पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबलमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लागेको बताए । उनले भने, ‘नेपाली खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दैछ्न। छोटो समयमा हामीले उत्कृष्ट खेलाडी उत्पादन गरेका छौं। अन्तरास्ट्रिय खेलमा अनुभव बिहिन भएतापनी नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं।’

बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।