हुम्लामा एक घरमा आगलागी, नेपाली सेनाले गर्यो उद्दार

नेपाली सेना बराहदल गुल्म रानीबनले तत्काल आगाे नियन्त्रण गरेपछि कम धनजन क्षति भएकाे हाे ।

हुम्ला- आइतबार दिउँसो १ बजेतिर सिमकाेट गाउँपालिका-७ आगलागी हुँदा एक घर जलेर नष्ठ भएकाे छ । विद्युतकाे तार सट हुदाँ आगलागी हुदाँ एक घर जलेर नष्ठ भएकाे हाे ।

आगलागी भए लगतै नेपाली सेना बराहदल गुल्म रानीबन ब्यारेकका उपसेनानी पवन पन्तकाे कमान्डमा खटिएको टाेली आगाे नियन्त्रणमा लिएकाे थियाे ।

सेनाले आगलागी नियन्त्रण लिएपछि मानविय क्षति हुन नपाएको बराहदल गुल्मका उपसेनानी पवन पन्तले जानकारी दिनुभयाे ।
नेपाली सेना बराहदल गुल्म रानीवन, नेपाल प्रहरी,सशस्त्र प्रहरी सकृयताका कारण घरभित्र खाद्यान्न,लुगाकपडा, निकालेपछि कम क्षत भएकाे बराहदल गुल्म रानीवन ब्यारेका गुल्मपति  सेनानी दिनेश  कुमार खड्काले बताउनुभयाे ।