कालिकोटमा नयां मेला सम्पन्न !

कालिकोट,१५ माघ । कालिकोटको नरहरीनाथ गाउँपालिका को एउटा स्कुलमा पढाइ मेला समपन्न भएको छ ।

नरहरिनाथ गाउपालिका को विश्वकुना माध्यामिक विद्यालयमा पढाइ  मेला सम्पन्न भएको हो । विद्यार्थी, अभिभावक र शिक्षक विच बाहिरी ज्ञान र विद्यालयस्तरमा भइरहेको पढाइ एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले पढाइ मेलाको आयोजना  गरिएको बताइएको छ  ।


मेलामा स्थानिय स्तरमा निर्मित सामाग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ । प्लान इन्टरनेसनलको सहयोग,किर्डाक नेपालको सहजिकरण र नरहरिनाथ गाउँपालिका संगको समन्वयमा विद्यालयले मेलाको आयोजना गरेको थियो । पढाइ मेलामा शिक्षक, अभिभावक र विद्यार्थीको भेलासँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगीतामा प्रथम, द्वतिय, तृतिय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थी र प्रर्दशनिमा उत्कृष्ठ शैक्षिक समाग्री ल्याउने अभिभावक, शिक्षकलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिभावक, विद्यार्थि, शिक्षक र अन्य सरोकारवाला सहित करिब २ सय जनाको सहभागिता रहेको थियो ।
प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सीप वृद्धि संचालन गरिएमा यस्ता कार्यक्रमले दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने किर्डाक नेपालका परियोजना संयोजकले जनाएका छन् ।
पढाइ मेलाले विद्यालय, अभिभावक तथा विद्यार्थीलाई थप ऊर्जा हौसला थप्ने र यस्तो कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्नुपर्ने पढाइ मेलाका प्रमुख अतिथि तथा वडा अध्यक्ष नन्दराम सहकारीको भनाइ छ ।
बालबालिकालाई किताबी किरोको रूपमा मात्र विकास भइरहेको पुरानो शिक्षण प्रणालीलाई हटाउँदै यस्ता रचनात्मक कार्यक्रमले प्रयोगात्मक रूपमा खेल्दै पढ्दै शिक्षामा आर्कषण गर्ने देखिन्छ ।