जिबि चिरन को रेलको बाटो भारतमा छ्नौट!

जितेमा यति धेरै पैसा पाउने !

काठमाडौँ ,८ माघ । रेलको बाटो नामक नेपाली म्युजिक भिडियो भारतमा छनोट भएको छ ।

नेपालको विकट मानिने कर्णाली प्रदेशको यथार्थ कथा उठान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती र चर्चा कमाएको नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतको एक प्रतिष्ठित चलचित्र महोत्सव ‘बाबासाहेब डा. बी. आर. अम्बेकडर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको हो ।

उक्त महोत्सवमा स्कृनिङ र प्रतिस्पर्धा हुने म्युजिक भिडियो विधामा दुई वटा मात्रै छनोट हुँदा एउटा ‘रेलको बाटो’ नेपाली  छनोट हुँदा अर्को भारतीय म्युजिक भिडियो ‘सङ्ग अफ कन्नूर हेभन अफ टुरिज्म’ छ ।

 

भारतीय भिडियोसँगको प्रतिस्पर्धा जित्दैगर्दा ‘रेलको बाटो’ले ५० हजार भारू (८० हजार रुपैयाँ) पुरस्कार हात पार्नेछ । लक्ष्मण सुनार निर्देशित यो म्युजिक भिडियोमा मोडल चिरञ्जिबी सापकोटा(जिबि चिरन), सरस्वती खत्री र लक्ष्मण देवकोटाले अभिनय गरेका छन् । गीतमा भने स्वर संगीत सुरज पण्डितको रहँदा लेखराज गिरीको शब्दमा एरेण्ज कमल सुरागले गरेका छन् ।

२ सय बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुनारले ‘रेलको बाटो’लाई आफ्नो करियरको स्मरणीय भिडियो बताउँछन् । कर्णालीको कथा उठान गर्ने मान्छेको रूपमा आफुलाई चिनाउँदै आएका सुनारले अन्तर्राष्ट्रिय महोत्सवमा आफ्नो प्रतिभा छनोट हुनु सम्पूर्ण टिमको लागि गर्वको क्षण भएको बताए ।

भिडियोका मुख्य कलाकार सापकोटाले ‘रेलको बाटो’ भारतको फिल्म महोत्सवमा छनोट भएकोमा खुशी व्यक्त गर्दै नेपाली महोत्सव तथा अवार्डले आफुहरूको मेहनत र प्रतिभालाई उपेक्षा गरेकोप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा आयोजना हुने म्युजिक अवार्डलाई यो राम्रै जवाफ हो,हाम्राले चिन्न नसकेको हाम्रो मेहनतलाई काविल सम्झेर अन्तरास्ट्रिय अवार्डमा छनोट गर्नुभएकोमा आयोजक प्रती मनैदेखी आभार ।’

महोत्सवका अन्य विधामा ६ वटा छोटा चलचित्र र ८ वटा डकुमेन्ट्री फिल्म प्रतिस्पर्धामा छन् । जहाँ डकुमेन्ट्रीतर्फ नेपालबाट विशाल रोका मगरको ‘लाहुरेनी’ र योगेनमान गोर्खाली निर्देशित ‘विशुपति’ छनोट भएका छन् भने छोटो चलचित्रमा सुनिल पाण्डे निर्देशित ‘कथा आँफै बोल्छ’ले नेपालबाट प्रतिनिधित्व गर्दैछ । अरेञ्ज सिनेम्याटिकको तर्फबाट आयोजना हुँदै आएको उक्त चलचित्र महोत्सव आगामी फेब्रुअरी २१ देखि २३ सम्म भारतको महाराष्ट्रमा आयोजना हुँदैछ।