विदाको दिनमा पनि ठेहे स्वास्थ्यचौकी मार्फत सेवा प्रबाह ।

हुम्ला,२ माघ । पछिल्लो समय हुम्लाका केही गाउँपालिकाका स्वास्थ्कर्मीहरुको स्वास्थ्य संस्था तर्फ  केन्द्रित बन्दै गएको छ । जसका कारण स्वास्थ्यकर्मीको अथक प्रयासमा सामान्यदेखि ठूला विरामीहरुको समेत स्वास्थ्यचौकीका बर्थिंग सेन्टरमै उपचार सफल हुने गरेको पाइएको छ ।

विगतका दिनहरुमा सामान्य विरामी परे पनि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनु पर्ने बाध्यता भने निकै कमी हुँदै गएको छ । आज सोमबार मात्रै सिमकोट गाउँपालिका वडा नम्वर २ को ठेहे स्वास्थ्यचौकीमा दुई जना सुत्केरी आमाहरुलाई सहजै रुपमा सुत्केरी गराउन सफल भएको इन्चार्ज दान बहादुर बोहराले बताए ।

उहाँका अनुसार राति १ वजे र ३ वजेको समयमा सुत्केरी गराउन सफल भएको थियो । सिमकोट गाउँपालिका वडा नम्वर २ की २५ बर्षिया पुञ्च बोहरालाई सहजै रुपमा सुत्केरी गराइए पनि वडा नम्वर १ को गिता भण्डारीलाइृ भने ६ घण्टाको अथक प्रयासमा सुत्केरी गराउन सफल भएको इन्चार्ज बोहराले बताए ।

स्वास्थ्यकर्मीको लामो अथक प्रयासमा सो सुत्केरी महिलाहरुको स्वास्था समान्य रहेको बताइएको छ । तर हुम्लाका अधिकांस स्वास्थ्य संस्थाका बर्थिक सेन्टर मार्फत सहजै सुत्केरी गराउन सकस हुने गर्दछ । त्यो समस्या भने केही हदसमम न्युकिरण हुने गरेको बताइएको छ ।
सिमकोट गाउँपालिका वडा नम्वर २ स्थित ठेहे स्वास्थ्यचौकीमा विदको दिनमा पनि स्वास्थ्य सेवा प्रवाह भई रहेको छ । उक्त ठेहे स्वास्थ्यचौकीले शनिबार मात्र नभई अन्य सार्वजनिक विदाका दिनहरुमा पनि सेवा प्रवाह गर्दै आएको सो स्वास्थ्य संस्थाका इन्चार्ज दान बहादुर बोहराले बताए।
उहाँका अनुसार हिजो १ गते र आज २ गते सार्वजनिक दिनमा पनि
स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई औषधि उपचार गरेको छ । जसमा आइतबार मात्रै २० जना विरामी मध्ये तीन जना डिपो लगाउने, तीन जना घाउँ सफा तथा ड्र्ेसिंग गर्ने र अन्य सबै जनालाई सामान्य चेकजाँच गरि घर पठाएको
इन्चार्ज बोहराले बताए ।
त्यस्तै आज पनि स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई उपचार औषधि वितरण गरिनुका साथै उपचार गरिएको छ । विदाको समयमा पनि सेवा दिइ रहँदा उक्त वडाका स्थानीहरु स्वास्थ्य सेवाबाट लाभान्वित बनेका छन् ।