नेकपा संसदीय दलको नेतामा शाही

नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा महेन्द्रबादुर शाही चयन भएका छन् । सोमबार बसेको नेकपा संसदीय दलको बैठकले शाहीलाई नेता चयन गरेको हो । बैठकमा नेकपा कर्णालीका सहइन्चार्ज यामलाल कँडेलले शाहीलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई प्रदेश सभा सदस्यहरूले एकमतले पारित गरेको नेकपाले जनाएको छ ।

यसअघि कँडेलले पनि संसदीय दलको नेताका लागि दाबी गर्दै आएका थिए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन् । आइतबार संसदीय दलको पहिलो बैठक बसेको थियो । सोमबारको बैठकले नेकपा संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा गुलाबजंग शाहको नेतृत्वमा गठित सीता नेपाली र दल रावल सदस्य रहेको कार्यदलले विधान पेस गरेको थियो ।  नयाँ पत्रिका