जुम्लामा यसरी योग दिवस मनाइयो (फोटो फिचर)

जुम्ला,१ माघ । ८औं रास्टिय योग दिवस र पहिलो कृषि जैबिक बिबिधता दिवस संयुक्त रुपमा मनाइएको छ ।

कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीले योग आफ्नो लागि गरिनेहुंदा निरन्तरता को आवस्यक्ता रहेको बताए ।कार्यक्रमको  अध्यक्षता गरेका केसरिले आयुर्वेद अन्तर्गतको योग ले धेरै रोग निको पार्ने बताए ।

त्यसैगरी  कार्यक्रमका प्रमुख अतिथी रहेका जिल्ला समन्वय प्रमुख गौरिनन्द आचार्यले जुम्ला बजारमा योग प्रशिक्षण केन्द्र को आवस्यक रहेको हुंदा आफुले ब्यबस्थापन गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा आयुर्बेद अस्पताल जुम्लाका डाक्टर प्रतिमा शर्माले योग दिनमा केही समय गरेर निरन्तर गर्ने हो भने स्वस्थ रहने बताइन । कालिका खेतु जुम्लाका डाक्टर सन्जु कार्किले योगको बारेमा कार्यक्रम मा उपस्थित सबैलाइ बताउनु का साथै योग अभ्यास पनि गराएकी थिइन । उक्त कार्यक्रम मा कृषि बिकाश कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारिले कृषिको आधुनिकिकरण र प्रांङारिक कृषि प्रणालिलाइ अबलम्बन बारे बोलेका थिए ।

उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , मानव अधिकार आयोग जुम्लाका प्रमुख, नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष लगाएत करिब ५० जनाको सहभागिता रहेको थियो ।

तस्बिरहरु :