कसैले नदेखेको लेख धिगाको यो रुप ( फोटो फिचर )

हुम्ला

पछिल्लो समयमा  लेख धिगाले एकदमै चर्चा पाएको थियो। सिमकोटबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा नम्खा गाउपलिकाले प्रचार प्रसार गरेको थियो। समुन्द्री  सतहबाट ३६८१ मिटरको उचाईमा रहेको यो स्थान निकै सुन्दर छ। भारतीय योगगुरु जगदीश वासुदेव (सद्गुरु) ले लिमिको लाप्चा ल्हा (५०५० मिटर) बाट कैलाश पर्बतको दर्शन गर्नजादा यही ठाउमा क्याम्प राखेको थियो, त्यसपछि यो स्थानले अझै थप चर्चा पाएको थियो। आजभोलि छुट्टीमा घुमघाम गर्न स्थानीयहरूको पहिलो रोजाईमा  लेख धिघा परेको छ। सिमकोट बाट  २ घण्टाको जीप यात्रामा पुग्न सकिन्छ।