जुम्लामा सेनाका कणेल झुण्डियको अवस्थामा फेला !

जुम्ला,११ पुस । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।