हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले बनायो काठेपुल

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका ३ स्थित सल्ली खोला बेलिब्रिज नहुदा गाउँपालिकाले गाडी आवतजावत गर्न काठेपुल निर्माण गरेको छ ।
सल्लीखोलामा बेलिब्रिज पुल निर्माण नहुदा नाम्खा गाउँपालिकाले ५ लाखको लगानीमा काठेपुल निर्माण गरेको हो ।

पहिले सुरु भएको काठेपुल भत्किँदा यातायात सल्ली खोलाको जोखिम मोलेर सवार गर्न बाध्य भएका थिए ।
पुल नहुदा चीनको ताक्लाकोट देखि नाम्खा गाउँपालिका ३ केर्मी सम्म गाडी आवतजावत गर्न समेत समस्या हुने गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिएका छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सवारीलाई सल्लीखोला वारपार गर्न सारै समस्या हुदा गाउँपालिकाले विकल्पका रुपमा काठेपुल निर्माण गरेको अध्यक्ष लामाले बताए । सडक र काठेपुल निर्माण गर्न ११ दिन लागेको छ । गाडी गुडन बाटो पनि बिचमा बिग्रेको थियो गत २० गते निर्माण कार्य सम्पन्न भएको अध्यक्ष लामाको भनाई रहेको छ । काठेपुल र बिग्रेको सडक निर्माण भएपछि चीनको ताक्लाकोट देखि उत्तरी नाम्खा गाउँपालिका ३ स्थित केर्मी सम्म गाडी आवतजावत गर्ने थालेका छन ।