जुम्ला, ७ पुस । प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले खस भाषामा पद तथा गोपनियताको सपथ लियकी छ्न । बिहिबार संघिय संसद सचिवालयमा बिजयी सांसदहरुको सपथ कार्यक्रममा सेजुवालले खस भाषामा आफुले पद तथा गोपनियताको सपथ लियको सामाजिक संजालमा बताएकि हुन । उनले हार्दिक आभार सहित इतिहासमै पहिलो पटक खस भाषामा पद तथा गोपनियताको सपथ लिन पाउँद भाग्यमानी ठानेको पनि उल्लेख गरेकी छन । उनले लेखेकी छ्न : हार्दिक आभार !
खस भाषा, संस्कृति र सभ्यता नेपाली भाषा, संस्कृत र सभ्यताको जननि हो । यसको अध्ययन, अनुसन्धान र संरक्षण हुनु आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न खस भाषामा इतिहासमै पहिलो पटक प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयता शपथ लिन पाउँदा मैले आफुलाई निकै भाग्यमानी ठानेको छु ।
साथै नेपाली भाषा रहेको शपथको ढाँचा `खस´ भाषामा अनुवाद गर्न सहयोग गर्नु हुने आदरणीय गुरु रमानन्द आचार्य र नेपाली खस भाषा अनुवाद समाजका, अनुवादक श्री काली बहादुर नेपाली ज्युलाई हृदय देखि आभार प्रकट गर्न चाहन्छु। सांसद सेजुवाल कणालिको पहिलो महिला प्राध्यापक र पहिलो महिला मेयर हुन ।
कर्णाली रैवार संवाददाता । ७ पुष २०७९, बिहीबार १४:४८