देउवा निर्बाचित हुंदा ओयगगन थापाले कति मत पाए?

  • कठमाडौं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका छ्न । उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं–४ का सांसद गगन थापाले २५ मत पाए । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो । कांग्रेसका ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिएका थिए। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही प्रधानमन्त्री बन्ने अभ्यास छ ।