हुम्लामा एक बालिका बेपत्ता

हुम्ला, २६,मंसिर । सिमकाेट गाउँपालिका- ८ खोल्सि की १६ वर्षिय वालिका  बेपता भएकी छन ।
२५ गते सांझ ७ बजे हराएकी १६  वर्षिय प्रयाेगकला सिंह बेपत्ता भएकी हुन ।
बेपत्ता भएकी सिहंकाे खाेजीकार्यका लागि उनका दाजु पिति सिहंले धारापाेरी प्रहरीचाैकीलाई निवेदन दिएका छन ।

एक दिन अघि हराएकी बहिनिकाे खाेजीकार्यकाे लागि प्रहरीलाई दिएकाे छ । बेपता भएकी युवतिकाे खाेजतलासका लागि निवेदन आएकाे जिल्ला प्रहरी हुम्लाका प्रहरी निरिक्षक दिपक मल्लले जानकारी दिए । यस विषयमा अनुसन्धान भईरहेकाे प्रहरी निरिक्षक मल्लले बताए ।