समयमा जहाँज नपुग्दा मुगुमा बिरामीको मृत्यु

मुगु -जिल्लास्थित रारा विमानस्थलमा समयमा जहाज उडान नहुँदा एक बिरामीको बिमानस्थलमै मृत्यु भएको छ ।
छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ । केही दिन अघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगञ्ज रिफर गरेपछि एयरपोर्ट पुर्‍याएरका रोकाको जहाज समयमै नआउँदा मृत्युको छ ।
जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए ।
रारा विमानस्थलमा नेपालगञ्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ । रोकायाको घाँटीको घाउ जटिल देखिएको अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगञ्ज रिफर गर्नु पर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले जनाए ।

जहाजको समस्याले उनको एयरपोर्टमा ज्यान गएको गौतमको भनाइ छ ।
पहिले एक दिनमा चार/पाँच फ्लाइट उडान हुने रारा विमानस्थलमा दसैं तिहारको समयमा कम जहाँज आउने कारणले बिरामी,सर्बसाधारले तल झर्ने यात्रुले सास्ती भोग्दै आएका छ्न ।
यतिबेला दशै तिहार मानेर सुर्खेत, नेपालगन्ज काठमाडौं फर्किने बिद्यार्थी र अन्य सर्बसाधारण हरुलाइ सास्ती भएको छ ।
गत्ब असोजमा एक साता आएको अविरल बर्षाका कारण कर्णाली राजमार्गमा पनि पुर्ण रुपमा सुचारु हुन नसक्नु र रारा बिमान्स्थलामा जहाँज पनि समयमै नआउने कमै फ्लाइट आउने भएकाले मुगुका बिरामीले अकालमै ज्यान गुमाउनु परेको र सर्बसाधारणले सास्ती खेप्नु परेको छ ।
हरेक बर्ष दसैं तिहारको समयमा दुर्गममा हवाईजहाँज कमै फ्लाइट गर्ने र समयमै नआउने अनि डलर कमाउन पुर्बतिर जाने हुँदा दुर्गमाका बिरामेले समयमै सुबिधा सम्पन्न अस्पतालमा पुग्ननपाउदै अकालमै ज्यान गुमाउनु परेको छ ।