हुम्ला आर्थिक पारदर्शिता लागि वार्षिक समीक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा सार्वजनिक गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग कर्णाली ग्रामीण विकास तथा अनुसन्धान केन्द किर्डाक नेपाल र स्नोल्याण्ड एकीकत विकास केन्द नेपालको आयोजनामा आर्थिक पारदर्शिता लागि वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको हो ।
समुदायका व्यत्तिलाई समान पहुँच र आयआर्जन सहभागिता गराउदै आएका गैहसरकारी संसथाहरूले आर्थिक पारदर्शिता गर्न उदेश्य वार्षिक समिक्षा तथा सामाजिक लेखाा परिक्षण कार्यक्रम गुड नेवर्स इन्टरनेशनल हुम्लाका कार्यक्रम संयोजक बिरेन्द चौधरीले जानकारी दिए । वार्षिक रूपमा संस्थाहरूले गरेका कियाकलाप र गतिविधिहरूको समिक्षा गरेको चौधरीले बताए ।
गुड नेवर्स इन्टरनेशन संस्थाहरू सहकार्य रहेका साझेदार संस्थाहरू कर्णाली एकीकृृृत ग्रामिण विकास तथा अनुसन्धान केन्द किर्डाक नेपाल र स्नोल्याण्ड ग्रामीण विकास हुम्लाले संयुत्त रूपमा आर्थिक पारदर्शिता तथा सामाजिक परिक्षण गरिएको चौधरीको भनाई छ।
सरकारले ल्याएको गाउँ गाँउमा सहकारी घरघरमा भकारी नितिलाइ केही गैहसरकारी संस्थाहरूका कार्यक्रमले टेवा मिल्ने स्नोल्याण्ड एकीकृत विकास केन्द नेपाल हुम्ला लघु उधम विकास अधिकृत
गोविन्द लामिछानेले जानकारी दिए ।
जिल्लाका ६ वटा सहकारी संस्थाहरूसँग समन्वय गरि आयआर्जनसँग लक्षित गरि कार्यक्रम सञ्चालन गरेको लामिछाने बताए । गाउँ गाउँमा खरायो,कुखुरा,पालन तरकारी खेतिमा कृषकहरू लागि परेको छन ।
यस्तै कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द ९किर्डाक० हुम्लाका कार्यक्रम संयोजक जनक बुढाले जिल्लाका २ हजार ३ सय ३४ विद्यार्थीलाई शैक्षिक सामाग्रीहरू सहयोग गदै आएको बताए ।
विपन्न,गरिब न्यून आयस्तर भएका बालबालिकालाई शैक्षिक सामाग्री विशेष गरि प्रथामिकता रहेको बुढाले बताए । हाल १ करोड ५१ लाख ५६ हजार ६ सय ४९ खर्च भएको बुढाको भनाई रहेकोे छ ।
कर्णाली रैवार संवाददाता । २३ पुष २०७७, बिहीबार १६:४८