हुम्ला संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री याेगेश भट्टराईले हुम्ला जिल्ला धार्मिक तथा सँस्कृतिक पर्यटनको संभावना भएकाे बताउनुभयाे ।
प्रतिनीधि सभाका सदस्य छक्कबहादुर लामाकाे आगह स्वीकार गरि हुम्ला जिल्ला पुगेका मन्त्री भट्टराईले धार्मिक पर्यटनकाे प्रचुर सम्भावना रहेकाे बताउनुभयाे ।
पूर्वको सोलुखुम्वु जिल्लाको लुक्ला क्षेत्र पर्वतारोहणका हिसाबले पर्यटन प्रर्बद्धन भएको र हुम्ला पनि
मानसरोवर कैलाशको गेट वे हिसाबले धार्मिक पर्यटक संभावना रहेकाे मन्त्री भट्टराईकाे छ । अब हुुुम्लामा १० हजार धार्मिक पर्यटक हाेइन ५ लाख भित्राउने लक्ष्य राख्नु पर्न र मन्त्री भट्टराईकाे दाबी छ ।
नयाँ पर्यटनकाे गुरु याेजना निर्माण गरि विविध कुरामा हुम्ली जनता ख्याल पर्यटन क्षेत्रकाे विकासमा ध्यान दिन आग्रह गरेे । जिल्लामा ५ लाख पर्यटक भित्राउन भाैतिक संरचना र
पूर्वाधारहरुको विकास हुनुपर्न पर्टयटन मन्त्री भट्टराईले बताउनुभयाे । आगमी दिनकाे लागि नयाँ गुरु याेजना तयार पारेपछि संघ सरकारबाट हुम्लाकाे पर्यटन क्षेत्र विकासकाे लागि आफू सक्दाे सहयाेग हुने मन्त्री भट्टराईले आश्वासन दिनुभयाे ।
नेपाली भु भागबाटै चिनकाे तिब्बतमा रहेकाे मानसराेेेेवर कैलाश दर्शन हुने भएकाेले पर्यटन क्षेत्रकाेे विकासमा जाेड दिनुपर्न प्रतिनीधि सभाका साँसद छक्क बहादुर लामाले बताउनुभयाेे ।
साँसद लामाले हुम्ला धार्मिक तथा साँस्कृतिक पर्यटनकाे धेरै सम्भावना भएकाेले जतिसक्दाे सडक सञ्जालसँग हुम्लालाई जाेेेेडनुु पर्न बताउनुभयाे ।
कर्णाली रैवार संवाददाता । १६ मंसिर २०७७, मंगलवार १९:५०