कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात

हुम्ला । गएरातीदेखि कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका उच्च हिमाली भेगहरुमा हिमपात भएको हो । तर हुम्लाको सदरमुकाम सिमकोट समेत हिमपात भएको छ ।

हिमपात भएपछि हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातले चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन । सिमकोटमा तापक्रम ८ डिग्री माइनसमा झरेको छ ।

नाम्खा गाउँपालिकाको लिमीमा एक फिटभन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले जानकारी दिए । हिमपात सुरू भएपछि लिमिलेलाई सदरमुकाम सिमकोट आवतजावत समस्या हुने वडाध्यक्ष तामाङको भनाइ छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । हिमपातले चिसो बढेसँगै तिहाराको अन्तिम दिन भाईटिकामा टिका थाप्न जान समस्या भएको स्थानीय बताउँछन् ।