सदरमुकाम मै दिनहउ चोरीका घटना प्रशासन मैन

 गगन अयडी बारा २ मंसिर.

जिल्ला सदरमुकाम मार्तडीको बजारमा यतिखेर दिनहउ चोरीका घटनाहरू बढी रहेका छन शनिवार रात्री मात्र दुनीहाटबजारमा रहेको युनिशा मोबाइल ग्यालरी पसलबाट ३ लाख बराबरका मोबाइल सेट चोरी भएका छन बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको मुख्य ब्यापारी केन्द्र मानिदै आएको बडीमािलका नगरपालिकाको वडा नं। ९ को दुनीहाटबजारबाट शनिबार राति मोबाइल पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुरासंगै जोडिएको मुख्य बजारको मोबाइल पसलबाट करिब ३ लाख बराबरको मोबाइलहरु चोरी भएको पसलका संचालक डम्बर नेपालीले बताए । शनिबार राति करिब १२ बजेको समयमा पसलको ढोकामा लगाइएको ताला फोडेर पसलभित्र रहेका विभिन्न कम्पनिका मोबाइल सेटहरु चोरी भएको पसलका संचालक नेपालीले बताए ।

चोरी भएको पसल जिल्ला प्रहरी कार्यालय बाजुरा को ४० मिटर टाढा मात्र रहेको छ । प्रहरीको टोलीले सुरक्षा दिईरहने सो क्षेत्रको पसल शनिबार साँझ चोरी भएपछि हाटबजारमा रहेका अन्य व्यवसायीहरु पनि त्रसित भएका छन् । पसलको चोरी भएपछि प्रहरीले आइतबार घटनाबारे जानकारी लिइ चोरी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा डिएसपी उदव बाहादुर भाटले बताए । स्थानिय ब्यापारीहरूले भभने जिल्ला प्रहरी कार्यालयको मुल गेट आगाडी न चोरीहूनु भनेको एक अचमको कुरा भएको बताए ।