हुम्ला -लकडाउन लम्बिदै गएपछि नेपालगञ्ज, काठमाण्डौ र सूर्खेत जस्ता ठाँउहरुमा अध्ययन उपचारलगाएतका विभिन्न कामले शहरतिर बसेका २ सय ९४ जना हुम्लीको उद्दार गरिएको छ ।
विभिन्न कामले जिल्ला बाहिर बस्तै आएका हुम्लीहरु कोभिड १९ को संक्रमण बाट बच्न र बचाउन देशमा गरिएको लामो लकडाउनका कारण अलपत्र परेका थिए । हुम्लामा मोटर पुगि नसकेकाले विभिन्न ठाँउहरुमा अलपत्र परेका हुम्लीहरुलाई त्यहाँका जनप्रतिनिधिहरुले बसबाट गमगढी सम्म पुर्याउने पहल गरेका थिए ।
विभिन्न काम लगाएत जाडो छल्न समेत हुम्लीहरु हरेक बर्ष नेपालगञ्ज जस्ता ठाँउमा झर्ने गर्छन् । देशमा लकडाउनका कारण सबै काम काज ठप्प र हवाई सेवा समेत बन्द भएपछि सडक यातायात भएर मुगु पुग्न बाध्य भएका हुन ।
बन्दाबन्दीले अलपत्र परेका हम्लीहरुलार्इ कहिले प्रदेश सरकार कहिले स्थानिय सरकार त कहिले हुम्लाका जनप्रतिनिधिको पहलमा करिव ४ हजार मानिसहरु मुगु सम्म बसमा र त्यस पछि पैदल यात्रा गरेर हुम्ला पुग्ने गरेका छन् ।-
कविराज कार्की । १७ जेष्ठ २०७७, शनिबार ११:५३