कांग्रेसद्धारा कुटिएका तीन जनालाई हेलिकप्टरबाट सुर्खेतमा उपचार हुँदै

सिमकोट। नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरिएका घाइते तीन जनालाई आज थप उपचारका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लगेको छ ।

नेपाली कांग्रेस संम्बद्ध कार्यकर्ताहरुले नेकपा अदानचुली गाउँकमिटी सचिबालय सदस्य मोहन फडेरा सहित, गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटीए कमल नेपालीलाई कुटपिट गरी गम्भीर घाईते भएपछि तीनै जनालाई अदानचुली गाउँपालिकाले थप उपचारको लागी हेलीकप्टर मार्फत सुर्खेत पुराएको गाउापालिका अध्यक्ष दल फडेराले बताउनुभयो ।
उहाँका अनुसार, “घाईतेको उपचार गर्नु पहिलो कुरा भएकाले आजै सुर्खेतबाट हेलीकप्टर मगाएर गप उपचारका लागी सुर्खेत पठाएको बताउँदै कुटपिटमा संलग्न दोसीलाई कानुनी कारबाहीको कार्य लागी अगाड िबढाइने भएको छ ।
आजै हेलीकप्टर मार्फत आई पुगेका अध्यक्ष फडेराले गाउँपालिकाको काममा खटीएका कर्मचारीलाई काम गर्न नदिई बिभिन्न खाले बखेडा झिकि पटक पठक यस्ता कार्य भैरहेकाले सामान्य कारबाहीले माफी नहुँने भएको हो ।
थप उपचारका लागी सुर्खेत पुगेका तीन जनालाई सुर्खेतमा रहेको देउती अस्पतालमा उपचार भइरहेको छ ।

दुईवटै पार्टी द्धारा विज्ञप्ती
नेपाल कम्युनिष्ट पाटी नेकपा र नेपाली कांग्रेस दुवै पार्टीले केही दिन अगाडी भएको घटनालाई लिएर छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।
आफनो पार्टी नोवेल कोरोना भाइरसको राहत तथा उद्धारमा जुटी रहेको बेला कमिटी सचिवालय सदस्य मोहन फडेरा सहित अदानचुली गाउँपालिकाका सुचना प्रविधि अधिकृत र कृषि जेटीए कमल नेपाली माथि भएको सांघातीक आक्रमण घोरर्भत्साना गरेको छ ।

कांग्रेस पार्टी समर्थक कार्याकर्ता द्धारा भएको सांघातीक आक्रमणलिएर संलग्न दोसी उपर कानुनी कारबाहीको माग गरीएको छ, विज्ञप्तीमा भनिएको छ ।

यता नेपाल कमुनिष्ट पार्टी जिल्लाले पार्टी यस्तो घृणित कार्यलाई घोर भत्सना गर्दै घाइतेको उपचारका साथै शिघ्र स्वास्थ्य लाभको कामना अध्यक्ष लालकेश जैसी द्धारा विज्ञप्ती भनिएको छ ।

अदानचुली गाउँकमिटीका इन्चार्ज समेत रहेका प्रदेश कमिटिका सदस्य हस्त शाहीले पनि बिज्ञप्ती मार्फत कुनै पनि कामको चित्त नबुझे, बिभिन्न विधि हुँदा हुँदै पनि काममा लागेका कार्यकर्ता कर्मचारी माथि भौतिक आक्रमण निकै अलोकतान्त्रीक र निन्दनीय कार्य भएको बताए ।
यता नेपाली कांग्रेसले पनि उक्त घटनाको दोषी लाई कारबाहीको माग गर्दै प्रेष बिज्ञप्ती निकालेको छ । बैशाख १८ गते गाउँपालिकाले व्यवस्था गरेको क्वारेनटाइनमा वसेको समयमा नेकपाका जिम्मेवार नेता कार्यकर्ताले अश्लील शब्द बोलेको विषयलाई लिएर विबाध भएको जनाएको छ ।

नेकपा कार्यार्ता फडेरा सहितको टोलीले नेपाली कांग्रेस आवबद्ध कार्यकर्तालाई गालि, बेइजती सहित हातपात गरी कांग्रेसका कार्यकर्तालाई धम्की दिएको हुँदा ९ गतेका दिन सामान्य विबाद भएको तर कुनै पनि पार्टीलाई आक्षेप नलगाएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।