२१ सय बढी हुम्ला पुगे,क्वारेन्टाइनमा न परीक्षण न व्यवस्थित बसाई

हुम्ला : अहिले सम्म स्थल र हवाई मार्ग हुँदै हुम्ला पुगेका २ हजार १ सय ५८ जना नागरिकले क्वारेन्टाइन व्यवस्थित नभएकाले त्रास पैmलिएको गुनासो गरेका छन् ।

देशका विभिन्न स्थान सहित कामको सिलसिलामा बाहिर गएका नागरिकहरु घर जानु भन्दा पहिला क्वारेन्टाइनमा बसेपछिको गुनासो हो यो । पछिल्लो समय मात्रै लकडाउनका कारण अन्यत्र रोकिएका १२ सय २२ जना हुम्लीवासीलाई स्थल र हवाई मार्ग हुदै उद्धार गरिएको छ ।
देशका विभिन्न जिल्लामा लक भएका उनीहरुलाई गत वैशाख १८ गतेदेखि हालसम्म उद्धार गरिएको हो । यो अवधिमा हवाई मार्गबाट मात्रै ४ सय ८० जना नागरिक हुम्ला पुगेका छन् । घर पुगेका सवैको स्वास्थ्य परिक्षण गरिएको छैन भने अधिकांशलाई होम क्वारेन्टाइन भन्दै सिधै गाउँ पठाइएको छ । अहिले सम्म ६ सय ४ जना मात्रै क्वारेन्टाइनमा बसेको र ती मध्य पनि केही त होम क्वारेन्टाइनमा बसेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य परिक्षण बिना क्वारेन्टाइनमा नबसेरै घर
क्वारेन्टाइनमा बसेका २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि अधिकांश नागरिकको न स्वास्थ्य परिक्षण गरिएको छ न त बनाइएका क्वारेन्टाइनहरु नै व्यवस्थित छन् ।

‘जहाजमा आएका त घरमा पहिला पुगेर सामान राखे, अनि टिका लगाएर क्वारेन्टाइनमा बस्न आए’, श्रोतले होस्ट खवर संग भन्यो, ‘सर्केगाड लगायतका केही गाउँपालिकाले त बाहिरबाट आएकालाई सिधै होम क्वारेन्टाइन भन्दै घर पठाएको छ, त्रास झन बढिरहेको देखिन्छ ।’
क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य परीक्षण नै नगरी केही स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन भने केहीलाई स्थानीय तहले आ–आफनै घर पठाईदिएको तथ्य खुलेको छ ।

उद्धार गरेकाहरुले पनि क्वारेन्टाइनको बसाई सारै नै नराम्रो भएकोले जति सक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गरेका छन् । सिमकोट गाउँपालिका–५ स्थित भिमसेन विद्यालयमा रहेको क्वारेन्टाइन बसेका नागरिकहरुले पनि बसाई पुरै अव्यवस्थित रहेको बताउँछन् ।
ब्यवस्थित छैनन् क्वारेन्टाइन, त्रास बढ्दै

यहाँको क्वारेन्टाइन व्यवस्थित नभएकाले आँफुहरुलाई बिना कारण सजाय भोगेजस्तो भइरहेको सिमकोट गाँउपालिका ५ की स्थानीय बदमकला रावतको भनाई छ । यता गाउँपालिकाले दिएको सेवा सुविधहरु सकेसम्म उपलब्ध गराएको सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बोहरा बताउछन् ।

समुदायबाट अलगै स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिनुपर्ने र कोठाहरुमा कम्तीमा साढे तीन फिटको दूरीमा बेडहरु व्यवस्थापन हुनपुर्ने भएपनि हुम्लाका सबै जसो क्वारेन्टाइन बिना मापदण्डका रहेको स्थानीयहरुको गुनासो छ । नाम मात्रै क्वारेन्टाइन राखिएपनि अधिकाश क्वारेन्टाइनमा सँगै टाँसिएर सुत्नुपर्ने र संगै बस्नुपर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन् ।

जिल्लाका अधिकाश क्वारेन्टाइनमा व्यववस्थापकीय कमजोरीका कारण विभिन्न किमिमका समस्या देखिएका छन् । कुनैमा पयाप्त कपडा नभएर चिसोको समस्या छ भने कुनैमा साबुन, पानी, दाउरा, शैचालय लगायतका समस्या देखिएको छ ।

जिल्लाका चंखेली, सर्केगाड, ताजाकोट, अदानचुली, खार्पुनाथ, नाम्खा र सिमकोट सहित ७ वटै गाँउपालिकमा त्याँहाका पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका छन् ।

अहिले सम्म नाम्खा गाँउपालिकामा ९ जनाको स्वाव परिक्षण गरिएको छ भने अन्य स्थानका सहित २ सय जनाको र्यापिड टेष्ट गरिएको छ । पछिल्लो जानकारी अनुसार हुम्लाका स्थानीय तहका लागि कोरोना परिक्षण गर्न १ सय २० वटा किट गाँउतिर पठाइएको छ भने त्यसको रिपोर्ट आउन बाँकी छ ।

सरकारले सामग्री पठाए तत्कालै परिक्षण गर्ने स्वास्थ्य सेवा कार्यालयको दाबी
उता, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले देशैभर किट अभाव भएकाले सरकारले छिटो स्वास्थ्य सामग्री पठाए तत्कालै परिक्षण शुरु गर्ने बताए ।

पहिलो पटक ४ सय किट हुम्ला पठाएकोमा २०० वटा परिक्षण भइसकेको र १ सय २० वटा गाँउ पठाइएको कार्यालय प्रमुख सिंहले बताए । ८० वटा किट क्षेत्रीय निर्देशनालयलाई फिर्ता पठाइएकोमा शुक्रबार सुर्खेतबाटै थप परिक्षण गर्न ८० वटा किट हुम्ला पुगेको उनको भनाई छ ।

जिल्ला सुरक्षा समितिको बैठकबाटै क्वारेन्टाइनको जिम्मेबारी स्थानीय सरकारलाई दिइएको कार्यालय प्रमुख सिंहको भनाई छ । अधिकांश नागरिकलाई क्वारेन्टाइनमा बसाल्न नसकिएको र सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उनले स्वीकारे ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले चिकित्सकको टोली सहित तल्लो बेल्टमा परिक्षण गर्न छिटै हुम्ला पुग्ने आँफुलाई आश्वासन आएको कार्यालय प्रमुख सिंहको भनाई छ ।