एक जना मानिसको घरको पहिलो तलाको छतबाट खसेर मृत्यु

राज शाही हुम्ला   एक जना मानिसको घरको पहिलो तलाको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ देउखुरी गाउँ निवासी ५५ वर्षका परेकलाल जैसी रहेका छन् ।  केही महिना देखि दमको विरामी भएको र घरमै थला परि रहेको अवस्थामा विहिवार राति पिसाव गर्न घर बाहिर निक्लदा आफ्नै घरको पहिलो तलाको छतबाट खसेर निजको मृत्यु भएको खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा सदस्य जुनलाल जैसीले बताएका छन् ।

सदस्य जैसीका अनुसार मृर्तक जैसीको आजै हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरिएका बताएका हुन