नन्द सिंह हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा रहेका क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुका लागि चेकजाँच गर्नका लागि आरडिटी टेष्ट गर्ने किटको अभाव भएको भन्दै हुम्लाको नागरिक समाजद्धारा सिमकोट स्थित मुख्य बजारमा पोष्टर पम्पुलेटहरु टाँस्न सुरु गरिएको छ । नागरिक समाजका अगुवा व्यक्ति बसन्त रोकायाको नेतृत्वमा वैशाख २५ गतेबाट कोरोना चेकजाँच गर्ने सो सामग्री छिटो उपलव्ध गर्ने पहलका लागि वजारमा विभिन्न किसिमका नाराहरु लेखेका पोष्टरहरु टाँस्न थालिएको छ । ए सरकार ! कोरोना परिक्षण, स्वास्थ्य सुविधा र राहत विना लकडाउन बढाउने र क्वारेन्टाइनमा राख्नुको अर्थ के ? पिसिआर र आरडिटी किटको अभाव भयो किन ? विपत कोष र स्वास्थ्य सामग्री खरिद के को लागि ? भन्ने मुल नाराका साथ जिल्लाको नागरिक समाजले बजार भरि छ्यापछ्याप्ती पोष्टर छापेको छ । नागरिक समाजका अगुवा बसन्त रोकायाका अनुसार यदि जिल्लामा सो सामग्री उपलव्ध नहुने हो भने जिल्ला प्रशासन कार्यालय र पर्देश सरकारलाई समेत झकझक्याउन पछि नहट्ने चेतवानी समेत दिए । हुम्लाका ६० हजार जनताको सुस्वास्थ्यको लागि भए पनि हामीले औषधि र उपकरण समयमै उपलव्ध गराउँनका लागि निरनतर पहल गर्ने रोकायाको भनाई छ । विश्व भरिनै यतिखेर कोरोना माहामारिको सनत्रासको चपेटामा परि रहेको छ, तै पनि हुम्ला जिल्ला ग्रिन जोनको लिष्टमा परेको रोकायाले बताए । नेपाल सरकारले विभिन्न ठाउँहरुमा अलपत्र पठाएका नागरिकहरुलाई उद्धार गर्यो तर क्वारेन्टाइनमा बस्ने अभदि सकिए पनि आरडिटी चेकजाँच गर्ने किटहरु पठाएन यसले गर्दा झन ठूलो माहामारिको रुप लिदैन भन्न नसकिएने भएकोले हुम्लीहरु समस्यामा पर्नु बाहेक विकल्प नभएको नागरिक समाजका अगुवा रोकायाले गुनासो गरे ।
"
कर्णाली रैवार संवाददाता । २५ बैशाख २०७७, बिहीबार २२:०१