नेपालमा भएको सामाजिक, आर्थिक, शैक्षिक र भौगोलिक असामनताका कारण प्रत्यक्ष रुपमा आधारभूत शिक्षा देखि उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीको पृष्ठभूमिका आधारमा असर परेको छ । शिक्षा प्राप्त गर्नेहरुको स्पष्ट रुपमा वर्ग छुटिएको छ ।
उच्च खाले वर्ग जो छन् शहरका पनि महङ्गो सुविधा सम्पन्न निजी बिद्यालय÷ंमहाविद्यालयमा पढाउँछन मध्यम खालका बर्गले शहरदेखि गाउँसम्म्का न्यूनतम शूल्क भएको निजी विद्यालयमा पढाउछन् भने निम्न वर्गले शहरदेखि गाँउ सम्मका सार्वजनिक विद्यालयमा आफ्ना बालबालीका लाई पढाउने गरेको पाइन्छ ।
अहिले बिश्व महारिका कारण संस्थागत रुपमै नेपालका बिश्वविद्यालय र शिक्षा मन्त्रालयले अनलाइन माध्यमबाट शिक्षाको धारणा बनाए पनि केही नेपालका निजी विद्यालयका लागि र काठमाडौं÷खुला विश्वविद्यालयका लागि अनलाइन शिक्षा नौलो होइन । अनलाइन माध्यमबाट शिक्षा दुर्गमका शिक्षक÷ विद्यार्थीहरुका लागि आकाशको फल आँखातरि मर भएको छ भने शहरका केही विद्यालय÷ महाविद्यालयका लागि यहि मौकामा बिज्ञापन गर्ने राम्रो अबसर बनेको छ ।
हिजो आज सुविधा सम्पन्न स्थानमा विद्यार्थीहरुले अनलाइनको भरपुर उपयोग गरिरहेको बेला साविक कर्णालीका दुर्गम जिल्लाका केही विद्यार्थीको दिनचर्या केही फरक छ । बिहान उठेर बेलुकी सम्म काम घरमा सघायो छोरीले अनि छोराले दिनभर गाई चराउन गयो, बेलुकीपख गाई चरायर मात्र होइन साथमा एक भारी दाउरा पनि लिएर आउँछ यतिमात्र होइन दिनमा नदी किनारमा गएर माछा पनि मारेर ल्यायो साँझ पख घरमा ुसबै परिवार मख्ख छन् छोरा ठिक छ, काम पनि गरेको छ विद्यालयमा पनि पास भएको छ ।
कहिले साँझ पठ न भन्दा सजिलो उत्तर छ बाबा किताब आएको नै छैन, ए हो ल ठिक छ पोहोर त पास गरिस् अहिले के गर्छस् आफ्नो बच्चालाई कोमल भाषामा भन्छन् । विद्यालयका सरहरुलाइ पनि सजिलो भएको छ उदार कक्षान्नोती छ परीक्षाका सबै उत्तरपुस्तिका पनि जाँच गर्नु पर्दैन फटाफट अन्दाजी नम्बर चढायो अनि तयार भयो नतिजा अभिभावक कस्तो छ पढाई बच्चाको पढाइ सरले ठिक छ अली मेहनत गर्नु पर्छ सकियो एक वर्षको शैक्षिक सत्र । कर्णालीका दुर्गम जिल्लाका केही सामुदायिक क्याम्पस त सधैका लागि लकडाउन छन् ।
वर्षमा एक पटक परीक्षाको बेला एउटा गेस पेपर खल्ती हालेर आज के विषयको परीक्षा हो सर फलानो विषय विद्यार्थीले गेसपेपर सहि भयो सुखि भयो र दियो नभए अर्कोवर्ष दिन्छु भन्दै घर जाने बिद्यार्थीको कमी छैन । इन्टरनेटको अक्सर सुविधा सदरमुकाममा छ भने वल्ड लिङ्कको सुविधा गाँउका केही विद्यालय र वडा कार्यालयमा भए पनि हाल इन्टरनेटबाट ज्ञानको प्रयोग भन्दा मनोरञ्जनको साधनको रुपमा लिने गरेको पाईन्छ । यस्तो परिवेशमा सरकारले फाल्गुनबाट शैक्षिक सत्र लागू हुने हिमाली जिल्लामा पाठ्यपुस्तकनै अप्र्याप्त हुने स्थानमा अनलाइन शिक्षा प्रभावकारी रुपमा प्रयोग गर्न सक्छ यात पुन दुर्गमका विद्यार्थी शिक्षाबाट बञ्चीत हुन्छन् ।
साविक कर्णालीका हुम्ला ,जुम्ला र डोल्पा पुरै विद्यालय र मुगुमा उपल्लो बस्तीका विद्यालयमा फाल्गुनबाट शैक्षिक सत्र लागू हुन्छ । त्यसमा मैलै बिगत वर्षको हुम्लाको उदाहरण लिए चैत्रमा किताब अधुरो प्राप्त भयो अनि उपलब्ध विद्यार्थीलाई बाँड्यो अनि एस.इ.इ. सुरु भयो मा.वि. विद्यालयमा परीक्षा केन्द« र प्रा.वि.विद्यालयका शिक्षक निरीक्षक बस्ने दौड चैत्र सकियो बैशाखमा केही पढाइ भयो जेठमा मा.वि.मा कक्षा ११ र १२ को परीक्षा सुरु भयो अषाढ पुग्यो केही आधारभूत विद्यालयमा पठाइ भएता पनि मा.वि. मा परीक्षाकै चक्करले बाधा ।
अषाढमा वर्षा सुरु भयो त्यहाँ पनि बाधा साउनमा केही चाडपर्व मेला सुरु भयो त्यसमा पनि हप्ता दिन बाधा भदौमा प्राय विद्यालयमा बार्षिकउत्सब तामझाम सहित मनाउनु पर्ने त्यसमा पनि बाधा अनि अशोजमा दशै कार्तिकमा तिहार मंसीरमा परीक्षा पुषबाट फाल्गुन सम्म हिउँदे बिदा यसरी हुम्ला विद्यालयहरु चल्दै थिए । साँच्चीकै महामारीले भयानक रुप लिए दशै पछि विद्यालय खुल्ने भए के गर्लान अनि हुम्लाकै वर्षौं सम्म कक्षा ५ सम्म पनि विद्यार्थी नपुग्ने वर्षमा तीन महिना (जेठ, अषाढ, साउन) मात्र खुल्ने लिमी, मुचुका विश्वविद्यालयको के हुन्छ ।
अनि संचारका साधनसँग अपरिचित अधिकांश शिक्षकबाट अनलाइन शिक्षा सम्भव होला । दुर्गममा सरकारले अनलाइन माध्यमबाट शिक्षा दिने हो भन्ने सबैभन्दा उत्तम उपाय भनेको नै फोन कनफेरेन्स नै हुन सक्छ किनकी सबभन्दा बढी सबैको पहुँच भनेको फोन हो । अहिलेको अबस्थामा दुर्गमका शिक्षकलाइ अनलाइनबाट कक्षा लिनु भन्नु र सैनिकलाई बिना हतियार सै युद्द लड्न जाउ भन्नु जस्तै हुन्छ ।
उच्च शिक्षाका सन्दर्भमा भरखरै मध्यपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायले आफ्ना मातहतका करिब डेढ सय प्राध्यापकलाइ तीन दिने Developing innovative & Technology based E-pedagogy तालीमको आयोजना गर्यो ।
तालिममा नेपाल देखि अमेरिकाको मोरगन वि.वि.का प्राध्यापकले समेत E-pedagogy को बारेमा आफ्नो ज्ञान प्रदान गर्नुभयो । नेपालका विश्वविद्यालय अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त गर्न नसकेको भन्ने गुनासो बढीरहेको परिप्रेक्क्षमा म.वि.वि.ले इ– बिश्वविद्यालयको रुपमा स्थापित गर्ने उपकुलपतिको योजनालाइ साकार रुप दिन उक्त तालिम संचालन गरेको थियो ।
म.वि.वि. का पनि दुर्गमा जिल्लामा आङ्गीक क्याम्पसहरु छन् । दुर्गममा शैक्षिक र आर्थिक पृष्ठभूमी कमजोर भएका अधिकांश विद्यार्थीहरु उच्च शिक्षामा भर्ना गर्दछन् । उच्च शिक्षा सकभर निशुल्क र सहजले पास गर्ने जागीरका लागि नभए पनि प्रमाणपत्र लिई राखौं भन्ने मनोबिज्ञानका धेरै विद्यार्थी भेटिन्छ भने थोरै विद्यार्थी ज्ञान र सिप आर्जन गर्ने ध्येय त हुन्छ तर माध्यम सहज हुन्न । यस्तो परिवेशमा क्याम्पसले अनलाइन त सुरु गर्ला सबैको पहुँच पुग्न सक्ला भन्ने चुनौती छ ।
प्रथमत दुर्गमका सबै ठाँउमा सुलभ तबरले इन्टरनेटको जडान गरी सुबिधा प्रदान गर्नु सबै तहका सरकारको जिम्मेवारी हो । केही सरकारी स्तरबाटै अनलाइन डोमेन निशुल्क भए भने पनि सहजता हुन्छ । हरेक कुरा थाहा नपाउँदा के हो जस्तो लागे पनि थाहा पाए सजिलो लाग्छ ।
प्रबिधि पनि त्यस्तै छ जस्तो अहिले म.वि.वि. बिश्वविद्यालय शिक्षाशास्त्र संकायले Zoom, Google Meet, Google classroom, Moodle cloud,, को बारेमा प्राध्यापकलाई ज्ञान प्रदान गर्यो । दुर्गमका बिद्यार्थीमा पु्र्याउनुमा केही चुनौतीहरु अवश्य पनि छन् तर पनि बिस्तारै उच्च शिक्षा प्रबिधि मैत्री लम्कन खाजेकोमा र कार्यान्वममा केही क्याम्पस लागिसकेको र केही कोशिश गरेको सकरात्मक छ ।
जति शहरमा बसेर सहजले शिक्षा प्रणाली बदल्न नीति तय गरिन्छ तर वास्तवमा त्यो सबै परिवेशमा लागू हुदैन हाम्रा विद्यालय र विश्वविद्यालयको शिक्षा नीति अन्तराष्ट्रिय मापदण्डका आधारमा तय गरिन्छ । बिश्वविद्यालयको नीति त स्वभाविकै रुपमा अन्तराष्ट्रिय मापदण्डका आधरमा हुनुपर्छ तर विद्यालय शिक्षाको मापदण्ड नेपालको माटो सुहाउँदो हुनुपर्दछ । शिक्षा नीति बनाउने यूरोपमा गएर हुदैन नेपालका दुर्गम जिल्ला कर्णाली देखि मेची र महाकालीका दुर दराजमा गएर त्यहाँको वास्तविक शैक्षिक, सामाजिक र आर्थिक पृष्ठभूमी अध्ययन गरेरमात्र शिक्षा नीति बनाए प्रभावकारी भइ दुर्गममा समेत केही शिक्षाको स्तर उकास्न सकिन्छ ।
लाल केशर रोकाया
सहायक क्याम्पस प्रमुख
रारा बहुमुखी क्याम्पस, मुगु
स्थायी ठेगाना हुम्ला सिमकोट गा.पा ८ keshark888@gmail.com
लाल केशर रोकाया । १८ बैशाख २०७७, बिहीबार १४:०८