सरकारी तथा गैरसरकारी संस्थालाई स्वास्थ्य सामग्री सहयोग

 राज शाही हुम्ला  मिसन इष्टको आर्थिक सहयोग र किर्डाक नेपाल हिमाली शिक्षा र विकास हेड नेपालको साझेधारीमा सरकारी तथा गैरसरकारी संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरीएको छ ।

आजै एक कार्यक्रमका विच जिल्ला प्रशासन, जिल्ला प्रहरी, नाम्खा गाउँपालिका, रानीवन क्वारेन्टाइन, जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघ र विमानस्थललाई जिल्लामा सञ्चालीत यी संस्थाहरुले सेनिटाइनज, बाल्टि, मास्क, सावुन लगायतका सरसफाइका सामग्री सहयोग गरेको हिमाली शिक्षा र विकास हेड नेपालका निर्देशक छिटुब लामाले जानकारी दिनुभयो ।

दुर्गम जिल्ला हुम्लाबाट विभिनन विभिन्न राष्ट्रिय तथा स्थनीयस्तरका सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई प्रतिव्यक्ति एक–एक वटा १५० एमएलको सेनिटाइजर, सावुन, मास्क र दुईवटा रेडियोलाई ५ सय एमएलको सेनिटाइजर सहयोग गरेको निर्देशक लामाले बताउनुभयो । आजै वितरण गरीएका सामग्री नेपाल पत्रकार महासंघलाई हस्तारन्तरण गरिएको हो । जिल्लाका सञ्चारकर्मीको भावनालाई सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका उपाध्यक्ष मिमसिंह नेपालीले धन्यवाद समेत दिएका थिए ।

साथै प्रमुख जिल्ला अिधकारी वितिा भट्टराइले यहाँका स्थानीय तहले फोटो खिच्नका लागी मात्रै सामग्री वितरण गरेको र वितरण गरीएका सामग्रीको सदुपयोग भयो कि भएन भनेर अनुगमन तथा यस तर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।

यस्तै सिमकोट गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट जोगिनका लागी सिमकोट विमानस्थलमा विभिन्न सामग्री सहयोग गरेको छ । आजै गाउँपालिका स्वास्थ्य शाखाले नागरीक उड्यन प्राधिकरण शाखा हुम्लालाई सेनिटाइजर,ग्वोलब्स,सावुन सहित प्रचारका सामग्री सहयोग गरेको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताउनुभयो । गाउँपालिकाले यो संक्रमणबाट बच्नका लागी विभिन्न सामग्री सहयोग गरेको गाउँपालिकालाई नागरीक उड्यन प्राधिकरणका प्रमुख बिस्नु प्रसाद अधिकारीले धन्यवाद समेत दिएका छन् ।