सुन्दर सिमकोट बजारमा फोहोरको थुप्रो

                      सिमकोट कालिञ्चोक स्थित थुप्रिएका फोहोरका थुप्रो

हुम्ला–विश्व महामारी कोरोरा भाइरस कोभिड–१९को संक्रमण फैलिएको बेला हुम्लाको सुन्दर सिमकोट बजार फोहोरै फोहरले भरिएको छ । गाउँपालिकाले यसको व्यस्थापन समयमै नगर्दा सुन्दर बजारमा फोहोरै फोहोरले दुषित बनेको छ । सिमकोट बजारका मुख्यचौक,र बजार क्षेत्रमा व्यवस्थापन नगरेपछि दैनिक बजारको फोहोर थुप्रिने गरेको पाइएको छ ।

मुख्यचौक कालिञ्चोक,लोकतन्त्रचोक,काटेचुली लगायतका चोक र बजार क्षेत्रका नालाहरु फोहोरै फोहोर देखिन्छन । तर सिमकोट गाउँपालिकाले समयमै फोहोर व्यवस्थापनमा ध्यान नदिदा बजारमा दैनिक फोहोर थुप्रिने गरेको स्थानीयहरुको गुनासो छ । फोहोर मैला व्यवस्थापनका लागि अध्ययन अवलोकन आदीका नाममा अहिले सम्म कति खर्च भयो कुनै हिसाब किताब छैन् ।

सिमकोट गाउँपालिका बजार फोहोरले दुग्धित हुदा सम्म कुनै चिन्ता नदेखाएको स्थानीयहरुको आक्रोश छ । हामीले फोहोर व्यवस्थापनका लागि गाउँपालिकामा कर तिर्न गरेको छौ तर यसलाई समयमै फोहोर व्यवस्थापन हुनुपर्ने स्थानीयहरुको छ ।

सिमकोट गाउँपालिका झण्डै अन्य कर्मचारी भन्दा कार्यालय सहयोगिको संख्या बढी छन । तर कार्यालय सहयोगि धेरै भएपनि बजार क्षेत्र फोहोरै फोहर  नै छ ।    बजार क्षेत्रको फोहोर समयमै व्यवस्थापन हुनुपर्ने स्थानीयको माग छ । यता  सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा भन्छन  डम्पीङ साइजमा ट्रक्याटर जान अप्ठायारो भएकोले ढिला भएको जानकारी दिएका छन् ।

भोलिबाट फोहर व्यस्थापन हुन्छ पानी परेर बाटोमा खोल्सा खाल्सी भएपछि ट्रक्याटरलाई जान अप्ठयारो भएर ढिलो भएको अध्यक्ष लामाले बताए ।, फोहोर समयमै व्यवस्थापन भएन भने सिमकोट बजारमै महामारी नफैलिएला भन्न सकिन् । यस विषयमा सरोकारवाला निकायाहरुले बेलामै चासो देखाउन आवश्यक छ ।