नन्द सिंह नेपालगंजमा रहेका जेष्ठ नागरिक र विद्यार्थीहरुको पाँचौँ पटक उद्धारको माग गर्दा पनि सरकारको ध्यान जान नसकेको स्थानीयको गुनासो रहेको छ । बन्दाबन्दी सुरु भए यता १ सय ९० जना हुम्लाबासी हालसम्म नेपालगंजमा रोकिनु भएको छ ।
चैत १० गतेबाट काठमाडौं लगाएत देशका अन्य भाग र भारतबाट हुम्ला आउने तयारीमा रहनु भएका हुम्लाबासी बन्दाबन्दीले हवाई सेवा बन्द हुदा घर आउन नपाएपछि उतै अलपत्र पर्नु भएको हो । सिमकोट गाउँपालिका–४ का गणेश बहादुर महतका अनुसार हुम्ला जाने तयारी भएर पनि बन्दाबन्दीले जान नपाएर नेपालगंजमा एक सय नब्बे जना हुम्लाबासी अलपत्र परेको बताउनु भयो ।
६० जना नेपालगंजको राँझास्थित होटेलमा एक महिनादेखि बस्दै आउनु भएकालाई यतिखेर होटेलमा बस्ने खाने समस्या भै रहेको महतले बताउनु भएको छ । सो ठाउँमा २० जना जेस्ठ नागरिक रहनु भएको छ भने ६० जना काठमाडौंमा अध्ययन गरि रहेका र कलेज तथा विद्यालय बन्द भएपछि घर आउनका लागि नेपालजंग आएका बिधार्थीहरु रहनु भएको छ ।
बिधार्थी र जेस्ठ नागरिक अहिले नेपालगंजको गर्मीमा निक्कै बिजोग अबस्थामा रहेको महतको भनाई छ बिधार्थीहरुले अहिले आएर होटेलमा बस्दा पैसा सकिएकोले सरकारहरुलाई कि सुरक्षित जिल्ला जाने ब्यबस्था गर्न वा नेपालगंजमा गाँस बाँसको ब्यबस्था गर्न अनुरोध गर्नु भएको छ । होटेलमा बस्ने बिधार्थीदेखि सबै ऋणमा डुब्ने गुनासो छ । केही भने आफन्त तथा चिनजानका मानिहरुको घरमा बस्दै आएका छन् ।
उनीहरुको पनि बसाई निक्कै कठिन भएको कविन्द्र सिंहले बताउनु भएको छ । हुम्लामा भने हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य भै रहेको छ । बिधार्थीका अभिभावकहरुले हुम्ला उद्धारका लागि स्थानीय सरकार र प्रशासनसंग पटक पटक अनुरोध गर्दा पनि केही सिप नलागेको अभिभावकले गुनासो आउनु भएको छ् । तर सो कुरा कतैबाट सुनुवाई हुन नसकेको गुनासो छ । एक जना अभिभावकहरुका तीन जनासम्म बच्चाहरु नेपालगंजमा रोकिएका छन् ।
यता अलपत्रै परेका १५ बर्ष भन्दा मुनीका बालबालिकाहरुको सम्बन्धित वडा कार्यालयले अभिलेख तयार गरेर ल्याउन वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनु भयो । अलपत्र परेकाहरुको एकिन बिबरण आउन नसक्दा समस्या भएको उहाँको भनाई छ ।
कर्णाली रैवार संवाददाता । १० बैशाख २०७७, बुधबार १४:२५