हुम्ला विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम,तथा नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले ४० हजार आर्थिक सहयोग गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषका लागि राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले ४० हजारको चेक हस्तारण गरेको हो ।
राष्ट्रिय वाणिज्य बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको ४० हजार रुपैयाको चेक विपद् व्यवस्थापन समिति हुम्लाका संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई हस्तान्तरण गरिएको छ ।
विश्वमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढदै गएकोले यसलाई मध्यनजरमा राख्दै ४० हजार राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले सहयोग गरेको सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले जानकारी दिइन् ।
बैकले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराईको शाखा प्रबन्धक शाहीले बताइन् । विपद् व्यवस्थापन समितिको कार्यमा हातेमाला गरेर सबै लाग्नु पर्ने राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाकी प्रबन्धक शाहीको भनाई छ ।
हस्तान्तरण गरिएको चेक बुझदै जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले राष्ट्रिय वाणिज्य बैक,केन्द्रिय कार्यालय प्रदेश कार्यालय र सिमकोट शाखामा कार्यरत प्रमुख सहित सम्पूर्ण टिमलाई हुम्ला जिल्लाबासीको तर्फबाट धन्यावद समेत दिएकी छन् ।
कर्णाली रैवार संवाददाता । ८ बैशाख २०७७, सोमबार २१:४२