मुगुका वडाध्यक्षको निर्देशनमा हुम्लाको ६ सय क्वीन्टल खाद्यान्न रोकियो

 नन्द सिंह हुम्ला नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा पैदल मार्गबाट हुम्लाका दुई वटा डिपोका लागि आएको खाद्यान्न मुगुका वडा अध्यक्षले विचबाटोमै राक्नु भएको छ ।

मुगुको छायाँनाथ नगरपालिका–१४ का वडा अध्यक्षले हुम्ला आउन नदिएर रोकेपछि हुम्लाको तल्लो भेग क्षेत्रका बासिन्दाहरु खाद्यान्नबाट बन्चित भएका छन् । वैशाख ४ गतेदेखि तीन वटा खाद्यान्न लोड भएका ट्रक वडा अध्यक्ष नन्दबहादुर बढुवालकोे निर्देशनमा छायाँनाथ नगरपालिका–१४ को बाम गाउँमा रोकिएको खवर खाद्यान्न ढुवानीको जिम्मा पाएको सप्लार्यका प्रतिनिधि बीरबहादुर बुढाले बताउनु भयो ।

तीन वटै ट्रकमा ९७ दशमलव पाँच क्वीन्टल खाद्यान्न रहेको छ । अध्यक्ष बढुवालले वडाको नाका भएर जान नदिने भएपछि खाद्यान्न विचैमा रोकिएको सप्लार्यका प्रतिनिधिको भनाई छ । वडा अध्यक्षले बाममा भएको खाद्यान्न हुम्ला जान नदिएपछि हाल मुगुमा पुगेको ५ सय क्वीन्टल खाद्यान्न पनि सदरमुकाम गमगढीमै रोकिएको छ ।

मुगुको गमगडीबाट समेत स्थानीय प्रशासनले सो खाद्यान्न नरोकेको तर वडा अध्यक्षले रोकेपछि समस्याका परेकोे र यस बारे चाँडै छानविन गरि दिन सरोकारवाला पक्षलाई वैशाख ५ गते सप्लार्यका प्रतिनिधिले आग्रह गर्नु भएको छ ।

उक्त खाद्यान्न सर्केगाड डिपोका लागि २ सय क्वीन्टल र चंखेली गाउँपालिकाको देउली बिक्री केन्द्रका लागि ४ सय क्वीन्टल खाद्यान्न रहेको छ । यस सम्बन्धमा वडा अध्यक्ष बढुवालाई बुझ्दा उक्त निर्माणाधीन काम पनि रोक्का गरी हुम्ला जाने जुनसुकै खाद्यान्न पनि रोकिने अध्यक्ष बढुवालले बताउनुभयो । १४ नम्बर वडाबाट बाहिर नजान र बाहिरका मान्छेलाईसमेत वडा भित्रिन रोक लगाइएको अध्यक्ष बढुवालको भनाई छ