नयाँ वर्षको अवसरमा दलित महिलाहरुलाई पत्रकार सिंहद्धारा सावुन सहयोग ।

नन्द सिंह हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा रहेका दलित, गरिव, विपन्न र एकल महिलाहरुलाई नेपाल पत्रकार माहासंघ कर्णाली प्रदेशका सदस्य मन्दिर सिंहले लुगा धुने साबुन सहयोग गर्नु भएको छ ।

पत्रकार सिंहले देशभरि नै कोरोनाको त्रासका कारण लकडाउन भएको भन्दै गाउँका ८ जना एकल महिला, ७५ जना दलित समुदाय र २२ जना विपन्न वर्गका लगायत पिछडीएका गरेर जम्मा १ सय ५ जना महिलाहरुलाई आफ्नो व्यक्तिगत लगानीमा लुगा धुने साबुन सहयोग गर्नु भएको छ ।

लकडाउनका कारण गाउँमा रहेका जनताहरु सदरमुका सिमकोट आउँन नपाउँने भएको हुँदा गाउँमा उपभोग्य बस्तुको चरम अभाव भएपछि त्याहाँका महिलाहरुले स्थानीय स्तरको जङगलमा पाइने नारु, आगोको खरानी र पाखाबारीमा पाइने चिफिल्लेको पात जस्ताले लुगा कपडा धुदै गरेको देख्दा उहाँहरुलाई आफूले सावुन सहयोग गरेको पत्रकार मन्दिर सिंहले बताउनु भयो ।

पत्रकार सिंहका अनुसार हुम्ला जिल्लामा रहेकी पिछडीएका महिलाहरुको पिडा देख्दा आफूलाई पनि दया जागेर आउँदा उनिहरुको सहयोका लागि पत्रकार माहासंघको तर्फबाट भए पनि केही रहात दिएको हो । यस्तै जिल्ला भरिनै यतिखेर लकडाउनको अवस्थाका कारण गाउँमा रहेका महिलाहरुको समस्या उहि पुरानै परिस्थितीमा रहेको पाइएको छ ।