गाउँपालिकाद्धारा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रि वितरण ।

नन्द सिंह
सिमकोट गाउँपालिकाद्धारा गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रिहरु वितरण गरिएको छ । विश्व भरिनै कोरोना भाइरस कोभिड १९ को माहामारि फैलिएको भन्दै हुम्लाका केही स्वास्थ्य संस्थाहरुमा चैत २९ गते विभिन्न किसिमका उपकरणहरु हस्तान्त्रण गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनु भएको छ ।

जिल्लामा माहामारि नफैलियोस् भन्दै पुर्व तयारीका लागि सिमकोट गाउँपालिकाले आफू माताहातका ११ वटा स्वास्थ्य संस्थाहरुलाई सो सामग्रि वितरण गरेको हो । सो सामग्रि पाउँने स्वास्थ्य संस्था मध्य स्याँडा, डाँडाफया, ठेहे, बरगाउँ, चौगानफया, खोल्सि र लादेबाडामा पिपिई, मास्क, डिजिटल थर्मोमिटर, गोलव्स र सेनिटाइजर लगायतका हस्तान्त्रण गरिएको संयोजक बोहराको भनाई छ ।

त्यस्तै सोही गाउँपालिका वडा नं २,३,७ र ८ मा रहका चार ओटा बर्थिङ सेन्टरहरुमा पनि सुत्केरी गराउँदा सहज बाताबरणका लागि बाटा, बाल्टिन, सोलार र एप्रोन लगायतका समाग्रिहरु वितराण गरिएको छ । उक्त गाउँपालिकामा चार ओटा बर्थिङ सेन्टर रहेका छन भने ११ ओटा स्वास्थ्य संस्थाहरु रहेका छन् । यिनि सवै स्वास्थ्य संस्थाहरुमा औषधि र उपकरणको कमी हुन नदिने र विरामीको भरसक छिटै उद्धार गर्नेतर्फ लागि पर्ने सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।