सुर्खेत : सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही पहिलो पटक गृहजिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै भनिन्, ‘सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ ।’ देशभरका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पारेकी थिइन् ।
‘लेट मि इन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी मिसेस ब्युटी क्विन शाहीले फष्ट नेपाल फाउण्डेशनको तर्फबाट गरिने सेवाहरुमा समर्पित हुने बताइन् । उनले भनिन्, ‘नारी अब चुलो चौकोमा मात्र सिमित छैनन् भन्ने कुरालाई गाउँ समाज र देश तथा विदेशसम्म पु¥याउन जरुरी छ ।’
शारीरिक सौन्दर्यता मात्र होइन मिसेस ब्युटी क्विनमा क्षमता र दक्षतालाई समेत आधार मानेर प्रतिस्पर्धिबाट विजेता बनाइने परम्पराले आफूलाई निकै हिम्मत र शाहस दिएको शाहीको भनाई थियो ।
समाजसेवामा समर्पित रहने शाहीले अबका दिनमा पनि समाजसेवालाई निरन्तरता दिँदै समाज परिवर्तनका लागि योजना बनाएरै अगाडि बढ्ने बताइन् । सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ ।
करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए ।
कर्णाली रैवार संवाददाता । ११ फाल्गुन २०७६, आईतवार २१:४६