हुम्ला–ताजाँकोट गाउँपालिकामा उच्च रत्तश्रावले एक जना सुत्केरी महिला थला परेकी छन् । आइतबार दिउसो १ बजे सुत्केरी व्यथा लागेर थलिएकी ताजाँँकोट गाउँपालिका ३ चौतारीबाडाँकी ३९ वर्षीय रुपशिला दमाई थला परेकी हुन् ।
दिउसो १ बजे सुत्केरी व्यथा लागेर राती ३ बजे बच्चा जन्माएकी दमाईको उच्च रुत्तश्रावले अचेत अवस्था भएको मैला स्वास्थ्यचौकी अहेव लिलाराज शर्माले जानकारी दिएका छन् ।
उनले भने बच्चा जन्मियो तर साल अडकिएर १२ घण्टासम्म अचेत अवस्था रहेको स्वास्थ्यचौकी अहेव शर्माले बताए । रत्तश्राव भएर रोकिएको छैन् यहाँ उपचार अलि असम्भव रहेको अहेव शर्माले बताए ।
उच्च रत्तश्रावले थलिएका रुपशिलाको उपचारको लागि पहल भईरहेको ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए । जिल्ला प्रशासन कार्यालय आवश्यक काँजजात पठाएका छु प्रमुख जिल्ला अधिकारी पनि लागि परेको अध्यक्ष मल्लको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईका अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पहल भईरहेको बताइन् । ताजाँकोट गाउँपालिका जिल्ला सदरमुकाम सिमकोट भन्दा ४दिनका पैदल टाढा रहेको छ ।
"
कर्णाली रैवार संवाददाता । २८ माघ २०७६, मंगलवार १३:३८