हुम्लामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

हुम्ला–२८ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पनि मनाइएको छ ।  दिगो विकासको लक्ष्य कार्यान्वयनमा अपाङ्गता, सार्थक नेतृत्व र सहभागित भन्ने मुल नारा सहित सो दिवस मनाइएको हो ।
हिमाली शिक्षा र विकास (हेड नेपाल)हुम्ला र साहारा समुह हुम्लाको समन्वयन र सिमकोट गाउँपालिकाको आयोजनामा २८ औ अन्तराष्ट्रिय दिवस मनाइएको हिमाली शिक्षा र विकास (हेड नेपाल) हुम्लाका निर्देशक छिटुप लामाले जानकारी दिएका छन । सदरमुकाम सिमकोटको माथिल्लो बजारबाट प्रभातफेरी गरि तल्लो बजारमा पुगेर कोण सभा भएको निर्देशक लामाले बताए ।

१ सय जना बालबालिका र ५० जना वयस्क लाई टोपी,मोजा हात पञ्जा समेत वितरण गरेको लामाको भनाई छ । यस्तै गरि सर्केगार्ड गाउँपालिकामा हिमाली शिक्षा र विकास (हेड नेपाल) को आयोजना आयोजना र सर्केगार्ड गाउँपालिकाको समन्वयमा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिमज्योती माध्यामिक विद्यालयमा वडास्तरिय अपाङ्गता पैरवी समुहबिच दिगो विकास अपाङ्गता मैत्री भविष्य विषयक वतृत्वकला प्रतियोगित भएको हेड नेपाल हुम्लाका निर्देशक छिटुप लामाको भनाई छ ।