हुम्लामा बदर मत रोक्न नमुना मतदान

हुम्ला– जिल्ला सदरमुकाम सिमकोट नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले १४ मंसिरमा हुने उपनिर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मंगलबार नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।
सदरमुकाम सिमकोटको जिल्ला समन्वय समिति कार्यालय आयोजना गरिएको नमुना मतदानमा अशक्त,वृद्धवृद्धा,पुरुष, र महिलाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने गोप्य स्थानमा पुगेर उम्मेदारको चुनाव चिह्नमा मत दिन सिकाइएको छ ।

निर्वाचनमा खटिने अधिकृत सहायक अधिकृत, र कर्मचारीलाई मत बदर नहोस भन्ने उद्देश्यले नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । निर्वाचनमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई मतदातालाई मतदानको महत्व गर्ने तरिकाले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिएका छन । ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा मतदान अधिकृत समेत छनौट गरिएको उनले बताए ।

५ वटा मतदान केन्द्र तोकिएको छ । सिता माध्यामिक विद्यालय छिप्रामा ज्ञानेन्द्रसिह बुढथापा,हुम्ला माध्यामिक विद्यालय रायाँ मतदान केन्द्रमा रामबहादुर विष्ठ,शंकर आधारभुत विद्यालय थालीमा उद्दयकान्त अधिकारी र मालिका माध्यामिक विद्यालय लाली मतदान केन्द्रमा राम सुरत पाल,मान्धार माध्यामिक विद्यालय भकुण्डामा मदन प्रसाद जैसवाल खटाइएको निर्वाचन अधिकारी शर्माको भनाई छ । उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट रुपा शाही र नेपाली काँग्रेसबाट ताराकुमारी शाही र राप्रपा संयुक्तबाट दिपबिक्रम शाही उपाध्यक्ष पदमा उम्मेदार बनेका छन ।