हुम्ला– मस्ष्तिक घातले थलिएका पत्रकार महासंघ हुम्ला जिल्ला शाखाका अध्यक्ष अर्जुन बोहराका लागि हुम्ली विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।
अध्ययनको शिलशिलामा काठमाडौ पुगेका विद्यार्थीहरुले देउसी भैलो खेलेर आर्थिक सहयोग गरेका हुन् । एक महिनादेखि बिरामी भएर काठमाडौको न्युरो अस्पतालमा उपचारर्थ रहेका पत्रकार
बोहरालाई देउसी भैलो खेलेर संकलन गरेको ७ हजार ६ सय सहयोग गरेको कल महताराले जानकारी दिएका छन् ।
काठमाडौ अध्यनरत ४५ जना विद्यार्थीहरु मिलेर देउसी खेलेको रकम बिरामी पत्रकार बोहरालाई हस्तान्तरण गरेको महताराले बताए । धेरै रकम जुटाउन सकिएन् थोरै भएपनि पत्रकार बोहराको उपचारमा सहयोग गरेको महताराको भनाई रहेको छ ।
बिरामी पत्रकार बोहराको उपचारका लागि देश विदेशबाट सहयोग जुटेको संञ्चारकर्मी राजन रावतले बताए । बिरामी बोहराको स्वास्थ्यमा पहिलेभन्दा अहिले केही सुधार समेत रहेको रावतले बताए ।
कर्णाली रैवार संवाददाता । १४ कार्तिक २०७६, बिहीबार २२:२६