काठमाडौं । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा मस्तिष्क घातका कारण गम्भीर विरामी भई काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत छन् ।
बोल्न र हिडडुल गर्न नसक्ने अवस्था नरहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको नेपाल पत्रकार महासंघका महासचिव रमेब विष्टले जानकारी दिए ।
अतः अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहृदयीलाई उनका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिनुहुन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अपिल गरेको छ ।
तिलसरा बिक । २८ आश्विन २०७६, मंगलवार २०:४७