हुम्लामा जीप दुर्घटना ७ जना घाइते

नन्द सिह   

हुम्लाको सदरमुकाम सिमिकोटबाट खार्पुनाथ तर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाइते भएका छन । लु २ च २२६७ नम्बरको उक्त जिप सिमकोट गाउँपाmिका वडा नंम्वर ५ को सार्की बाडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा खार्पुनाथ ३ की ३४ वर्षीेया कमला टमटा,खार्पुनाथ ४ की २५ वर्षीया हदेली जेठरा, २० वर्षीया असकला जेठरा र १९ वर्षीय रिबा जेठार रहेका छन भने खार्पुनाथ ३ का ३ वर्षीय दिपक टमटा,सिमकोट गाउँपालिका ५ का ५ वर्षिय शैलेश रोकाया, र वर्ष ५ कै हौसिल्ले रोकाया रहेका छन् ।

भित्री भागमा सामान्य चोटपटक लागेर घाइते भएका सातै जनालाई जिल्ला अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर राजेन्द्र सिंहले बताए । जिपमा १५ जना यात्रु रहेका थिए ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारमा खटिएका थिए । गाडी दुरघटनामा परेपछि गाडीको एक साइडको सिसा लगायत भित्रि मेसिन धेरै तोडफो भएको गाडी मालिक चिन रावतले बताए । गाडी आज वेलुका ४ः४५ मा दुरघटना भएको थियो ।