हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना

नेपाल र तिब्बतको सिमाना जोडिएको हुम्लामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । संघीय सरकारका गृहमन्त्री रहेका रामबहादुर थापा बादलले हुम्लाको उत्तरी छिमेकी चिनको सीमाना जोडिएको हिल्सामा अध्यगमनको कार्यालय आज उद्घाटन गरेका छन् ।

थापाले सो नाका अब कर्णाली प्रदेशको मात्रै नभएर सिङ्गो नेपालकै समृद्धिको नाका रुपमा औपचारिक सुरु भएको बताए । हिल्सा नाका भारतसँग जोडिने मात्र नभई चीन हुदै युरोपसँग पनि जोडिने भएकोेले यस नाकाको आफ्नै महत्व रहेको उनको भनाइ थियो ।
पहिलो कार्यालय
चीनको सिमानामा पहिलो पटक अध्यगमन कार्यालय स्थापना भएको हो । प्रधानमन्त्री केपी ओलीको पालामा चीनसँग भएको १० बुँदे सहमतिमै औपचारिक रुपमा हिल्सा नाकालाई खुला नाकाका रुपमा अघि बढाउने उल्लेख भएपनि खुला नाकाको रुपमा सञ्चालनमा नआएको हिल्सालाई सरकारले प्रथामिकताका साथ लिएको मन्त्री थापाले बताए ।

उनले अब केही समयमा यस नाकाको परिवर्तन समेत हुनेमा विशवास व्यक्त गरे । औपचारिक रुपमा हिल्सामा अध्यगमन कार्यालयको स्थापना भएसँगै नेपाल प्रहरीबाट हेरिने अध्ययगमनको काम अब निजामति कर्मचारीबाट हेर्न सुरु भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाले जानकारी दिए । उनले अध्ययगमन कार्यालय निकै उपलब्धि मुलक हुने समेत बताए ।

प्रमुख व्यापारिक केन्द्र बन्नेमा विश्वास

सो नाका प्रमुख व्यापारिक केन्द्र बन्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए । उनले यो कार्यलाई पूर्णता दिन यस आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले भन्सार अध्यागमन करेन्टटाइन सीमा प्रहरी बलका संयुक्त कार्यालय सञ्चालनका लागि पूर्वाधार विकास गर्न ४ करोड बजेट विनियोजित भएको उनले बताए । सीमामा पूर्वधार निर्माणमा बजेटको अभाव भए थप बजेटक ब्यवस्था गरेर यसै आर्थिक वर्षमा निर्माण कार्य पुरा गर्ने मुख्य मन्त्री शाहीले बताए ।
कार्यालय स्थापनामा गृहमन्त्री थापा, कर्णाली प्रदेशका मूख्यमन्त्री शाही, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल,प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामा, गृहमन्त्रालयका सह–सचिव, भान्सार विभागका महानिर्देशक सहित १५ जनाको उपस्थिती थियो ।