नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष लालकेश जैशीको समन्वय र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा सुत्केरी महिलाको उद्धार गरिएको हाे । राष्ट्रपति महिला उद्धार कार्यक्रमद्वारा सेनाको हेलिकप्टरबाट बाेहाेराकाे निशूल्क उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जाकारी दिइन् ।
प्रजिअ भट्टराईका अनुसार महिला मन्त्रालयले सेनासँग समन्वय गरी हेलिकप्टरद्वारा निशूल्क उद्धार गरेर बोहोराको ज्यान बचाउन सफल भएकाे जानकारी दिइन् । बुधबार साँझ सुर्खेतमा रहेको प्रदेश अस्पतालमा सुत्केरीको सकुशल ‘डेलिभरी’ भएको बोहोराका श्रीमान नरवीरले बताए ।
कर्णाली रैवार संवाददाता । ३० श्रावण २०७६, बिहीबार २२:३३