पत्रकार शर्माको उपचारका लागि रकम संकलन गर्न बैंक खाता

सुर्खेतः बोनम्यारो रोगबाट पीडित सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको उपचारमा सहयोग रकम जुटाउन नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आइतवार बैंक खाता खोलेको छ । वीरेन्द्रनगरस्थित सेन्चुरी बैंकमा खाता खोलिएको हो । डिलप्रकाश शर्मा बचाउ अभियान नामबाट सो बैंकमा ०८८००००५१८sr नम्बरको खाता खोलिएको छ ।
खाता खोल्ना साथ सुर्खेत शाखाले ५० हजार रकम जम्मा गरेको छ । महासंघ सुर्खेतको सचिवालय बैठकले पत्रकार शर्माको उपचारमा सहयोग गर्नका लागि ५० हजार रुपियाँ दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार महासंघले खातामा ५० हजार जम्मा गरेको छ । महासंघले सहयोग गर्न चाहनेहरुलाई पनि सोही खातामा रकम जम्मा गर्न आग्रह गरेको छ ।

यसैगरी पत्रकार शर्माको उपचारका लागि पत्रकार सम्वद्ध संस्था तथा पत्रकारहरुले सहयोग गर्ने घोषणा गरेका छन् । संसदीय मामिला पत्रकार समाजले २५ हजार, महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले १५ हजार, उपाध्यक्षद्वय ललित बसेल र माया थापा, सचिव सुदीप पुरी, सहसचिव ललित गाहा, पत्रकार पन्त, जाजरकोटका पत्रकार जनक केसी र सुर्खेतका व्यवसायी बखत शाहीले ५÷५ हजार, पत्रकार शेरबहादुर थापाले २१ सय २१, धर्मराज जिसीले २ हजार महासंघका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले १ हजार १ सय रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । आइतवार मात्रै कूल एक लाख ३० हजार बढी रकम संकलन भएको छ ।