हुम्ला । बाल बिवाह अन्त्यका लागि हुम्लाका खापुनार्थ गाउँपालिकामा बालकचरी संवाद भएको छ ।
माध्यामिक तहमा अध्ययनरत बिधार्थीहरु बिच ‘बाल बिबाह नगर्ने’ बाल कचरी कार्यक्रम भएको हो ।
समाजमा हुने बाल विवाहका बिरुद्धमा बिद्यार्थीहरुले बाल रोक्न बाल कचरीमा कार्यक्रममा प्रतिबद्धता गरेका छन् ।
सामाजिक मान्यताले बाल बिबाह गर्न बाध्य रहदै आएकोमा पछिल्लो समय चेतना मुलक जानकारी पाउँदा बाल विबाह नगर्ने प्रतिबद्धता मालिका मा.वि. लालिका छात्रा सबिना शाहीले बताइन् ।
यो भन्दा अगाडी जानकारी नै नभएर धेरै दिदी बहिनी खेर गएको बताउँदै आफ्ना सुझाब राख्ने क्रममा शाहीले ती सबै रुढीबादी मान्यतालाई लत्याउने बताइन् ।
रजस्वला नभएकी कुमारी केटी विबाह गर्न पाए समाजले सकारात्मक रुपमा लिने मान्यताले गर्दा हुम्लामा बाल विबाहले बढबा पाएको हुम्ला मा.वि.कक्षा १० का छात्र तीर्थ रोकायाले बताए ।
यी सबै कुसंस्कारहरु हटाउन आफुले भुमिका खेल्ने उनको रहेको छ । बाल विबाहले गर्दा धेरै किशोरीहरुले अकालमा ज्यान गुमाउनु परेको बताउदै बिद्यार्थी रोकायाले अब बाल विबाहलाई पुर्ण रुपमा निर्मुल गर्नुपर्ने बताए ।
जमाना नयाँ आएको भए पनि बालविबाहलाई शिक्षित परिवारका सदस्यले पनि स्वीकार गरेको देख्दा अचम्म लाग्ने बताउदै सीता मा.वि. कक्षा ९ की छात्रा सदीक्षा रोकायाले सबै विद्यार्थी र अबिभावकलाई त्यस बिरुद्ध पैरबी गर्न आग्रह गरेकी छिन् ।
आफ्नै अगाडी १४ वर्षको उमेर बाल बिबाह गरेर ज्यान गुमाएकी दिदीको सम्झना गर्दै छात्रा रोकायाले यो जघन्य अपराधलाई सबैले तिरस्कार गर्नुपर्ने बताइन् ।
बाल विबाहले एकातिर आमाको स्वास्थ्य कमजोर मात्र हुने नभई रोगीसमेत बन्ने बताउँदै अर्कोतर्फ त्यस्ता उमेर नपुगको किशोरीबाट जन्मेका बालबालिका पनि कुपोषित हुने बताईन् ।
गुड नेर्भस इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको आयोजनामा संचालन भएको कचहरी कार्यक्रममा मान्धारा मा.वि.मालिका मा.वि.सीता मा.वि.र हुम्ला मा.वि.का १५ जना छात्रा छात्राहरुले सहभागिता जनाएका थिए ।
यीनै छात्रछात्रा मध्ये १ जना छात्रा तथा १ जना छात्रलाई काठमाडौंमा हुने राष्ट्रिय स्तरको कचहरी कार्यक्रममा सहभागिता जनाउन पाउने किर्डाक हुम्लाका शिक्षा कार्यक्रमका निमित्त भरत बोहोराले बताए । अवसर
कर्णाली रैवार संवाददाता । १९ कार्तिक २०७५, सोमबार १७:३९