अनुदानमा सञ्चालित पसल हराए

हुम्ला — स्थानियले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउ‘मै उपलब्ध गर्न सकुन भन्ने उदेश्यले विउ‘पुजीका रुपमा सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइ सकेका छन् । सरकारले साविक जिल्ला कृषी विकास कार्यालय मार्फत विउपुंजी वापत तत्कालनि २७ वटा गाविसमा एक – एक वटा सहकारी पसल स्थापना गरि एक लाखका दरले रकम उपलब्ध गराएको थियो । अनुदान उपलब्ध गराए पनि अनुगमनको व्यवस्था नहुदा जिल्लामा अनुदान लिएर खोलेका २७ वटै सहकारी पसल हराएका हुन् ।
स्थानिय वासिन्दाका अनुसार जिल्लाको कुनै गाउ‘मा सहकारी पसल छैनन् ।

सुरु सुरुमा सामान्य वोर्ड झुण्ड्यार नमूना देखाउन खोलेका पसल आजभोली कतै पनि छैनन् । गाउ‘बाट सदरमुकमा आउने स्थानियले जोकोही पनि गाउ‘मा सहकारी पसल नभएको र जानकारी पनि नभएको वताउने गरेका छन् । सदरमकाम स्थित साविक सिमकोट गाविसमा समेत सहकारी पसल छैन ।

वावुराम प्रधानमन्त्री भएको समयमा एक गाविस एक सहकारीको नारा दिएर एक गाविसमा एक सहकारी पसललाइ विउपु‘जी वापत एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो । हुम्लामा त्यतीखेर २७ गाविस भएकाले सबै गाविसका एक—एक सहकारी पसलले अनुदान लगेका थिए । अनुदान हत्याउन मात्र खोलेका पसलको अनुगमन गर्ने कुनै निकाय नभएको र पसल बन्द गरमो रकम फिर्ता गर्नु पर्ने शर्त समेत नभएकाले रकम पाइ सके पछि विस्तारै सबै पसल बन्द भएका हुन् ।

विउपुजी लिनका लागी तत्कालको समयमा गाविसका भएका पहुचवालाले पसल दर्र्ता गराउदै विउपुजी वापतको अनुदान लगेका थिए । अनुदान लिनेमा जिल्लामा कृयाशिल सबै दल नजिकका र चलाख व्याक्तीले रकम हात पारेका थिए । तत्काल सरकारले निर्देशिका विनानै हचुवाको् भरमा व्याक्ती विशेषलाइ अनुदान उपलब्ध गराएको थियो ।
अनुदान लगेर खोलेका पसलबाट पनि त्यतीखेर सहुलियत मूल्यमा सामान नपाएको गुनासो गरेका थिए ।

पसलको मूल्यका लागी पनि अनुगमनको व्यवस्था थिएन । अनुदान लिन खोलेका पसलमा पनि स्थानियका आवश्यकता अनुसारका सामान रहेको नरहेको अनुगमन समेत भएको थिएन । अनुगमन नहुने भए पछि त्यसैको फाइदा उठाउदै अनुदान लिने व्याक्तीले पसल बन्द गरेका हुन । सहकारी पसलका लागी अनुदान लिनेको विवरण समेत कुनै निकायमा छैन ।