मुख्यमन्त्री सहितका नेताले प्रयोग गरेको हेलिकप्टरको भाडा नेकपा हुम्लाले तिर्ने

हुम्ला नेकपा पार्टीको बैठकमा आएका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र अन्य नेताहरुले चढेको हेलिकप्टरको भाडा नेकपा हुम्लाले तिर्ने बताएको छ ।

समाचार प्रकाशन र प्रशारित भएपछि नेकपा हुम्लाले एक विज्ञप्ती प्रकाशित गर्दै नेताहरुले चढेर आएको नेपाली सेनाको हेलिकप्टरको २ लाख ५० हजार भाडा पार्टीको तर्फबाट भुक्तानी गरिने उल्लेख गरेको छ । जिल्ला अध्यक्ष लालकेश जैशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “ईतिहाँसकाल देखि देश र जनताको हित र अधिकारका लागिसमर्पित हाम्रो पार्टीलेकुनैपनि राज्य कोषबाट खर्च नहुने गरीउक्त हेलिकप्टर बापत लाग्ने रकम रु २५०००० ९दुई लाख पचास हजार० व्यहोर्ने जानकारी समेत आम नागरिक लाई गराउन चाहन्छौं ।”

पछिल्लो समय पार्टी कार्यक्रममा हेलिकप्टर प्रयोग भन्ने समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको नेपका हुम्लाले ताँजकोटको मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रमका लागि हेलिमा मुख्य मन्त्री सहित नेताहरु आएको उल्लेख गर्दै मौशमले साथ नदिएका कारण उक्त कार्यक्रम नहुँदा कार्यक्रम निर्धिारित मितिमा हुन नसकेकोले नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नु परेको पुष्टि नेकपा हुम्लाले गरेको छ ।

गएको असार ७ गते सुर्खेतबाट कुनैपनि हवाई जहाज नआएको भन्दै नेकपाले हुम्लाका सबै सरकारी कार्यक्रममा सहभागि हुन हेलिकप्टर प्रयोग गर्नु परेको जनाएको छ ।

प्रकासित र प्रसारित समाचारलाई अञ्दाज र पुर्वाग्रह भएको आरोप लगाएको नेकपा हुम्लाले यस्तो पत्रकारितालाई निरुत्साहित गर्न पत्रकार महासंघ हुम्लालाई आग्रह गरेको छ ।

यद्यपी प्रयोग भएको नेपाली सेनाको उक्त हेलिकप्टरको एकमुष्ठ भाडा नेपाली सेनाको हेडक्वाटरले गएको असार ६ गते बिहानै खातामा आइसकेको यस अघि नै बताइसकेको छ ।