देवस्थल औलवेशी बामे सडक उद्घाटन, ५० वर्ष सम्म काङ्ग्रेस देशमा शासन गर्न नसक्ने, नगर प्रमुख पुनको भनाइ

इन्द्र बुढाथोकी  सल्यान  जेष्ठ २७ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न २ बामेमा आज बस उद्घाटन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरिले रिवन काटेर बस उद्घाटन गर्नु भएको हो ।

भेरी राप्ती यातायातको ना ५ ख १६२७ नम्बरको बसले पहिलो पटक सेवा दिएको छ बिगतका दिनहरूमा जिल्लाको बिकट गाविस भनेर चिनिने बामेमा अहिले सडक सन्जालले जोडे पछि स्थानीय खुसी भएका छन ।

जिल्ला विकास समिति, गाविस हुँदै नगरपालिकाबाट बिनियोजित बजेटबाट सडक सम्पन्न गरिएको छ । देवस्थल हुँदै औलवेशी बामे २४ किलोमीटर सडकमा अब बिहान् ८ बजे बामे देखि साझ ४ बजे सल्लीबजारबाट बामेका लागि बस छुट्ने छ । दैनिक रुपमा गाडी आवतजावत गर्ने छन ।

औलवेशी बाट बामे सम्म ६ किलोमीटर सडक ४३ लाखमा निर्माण गरिएको छ । नगरपालिकाको २ र ३ नम्बर वडाको स्थानीयले प्रत्येक्ष सेवा लिने र वजार आवता जावतमा सहजता थपेको छ । सडक निर्माण कार्य सम्पन्न भए पछि स्थानीयले आज भव्य उद्घाटनका समारोहको आयोजना गरेका छन् । प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले देश विकासले सबै एक भएर लागेमा मुलुक अब शान्ति र समृद्धिको दिशा आउन सक्ने बताएका छन ।

सडक सन्जालले जोडिए सङ्गै अब स्थानीय बासिले कृषि, उत्पादन, र व्यवसायी मुलक तिर नगर प्रमुख पुनले आग्रह गर्नु भएको छ । अब सडकले जोडिए सङ्गै बिदेशको खाडी मुलुकमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा जन्म भुमिमा व्यवसायी मुलक रोजगारीमा लाग्न अनुरोध गर्नु भएको छ ।

व्यवसाय मुलक तरिकाले व्यवसाय गर्ने लाई आउदो नगर सभा बाट बजेट बिनियोजन गर्ने बताउनु भएको छ। स्थानीय जनताको सहभागीता बिना कृषि, शिक्षा, स्वास्थ , लगाएत कुनै पनि काम गर्न नसकिने नगर प्रमुख पुनले बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी( नेकपा) जिल्ला अध्यक्ष समेत रहेका पुनले देशमा कम्युनिस्टहरुको २ दुई तिहाईको सरकार भएको र जनताका समस्या समाधान गर्ने अब देशमा नेपाली काङ्ग्रेसले ५० औं वर्षसम्म बढालेर जाने र विकास पनि गर्ने नसक्ने बताएका छन ।

अब कृषिमा आत्मनिर्भर हुन कुन वडा टोलमा कुन जडिबुटी खेतिको आवश्यकता छ त्यसको माटो परिक्षण गरि त्यस तर्फ लाग्न समेत युवालाई आग्रह गर्दै त्यस तर्फ लाग्ने युवालाई नगर बाट ५० लाख सम्म अनुदानको व्यवस्था गरिएको समेत बाताउनु भएको छ ।

प्रत्येक परिवारहरु त्यस तर्फ लाग्ने समेत आग्रह गरेका छन । नगरपालिका विभिन्न सघ सस्था सामुदायिक बन, कबुलियत बन रास्टिय बन लगाएत अन्य क्षेत्रमा समेत व्यवासाय गर्न आग्रह गरेका छन । विकास निर्माणको काममा विपक्षहरुले अवरुद्ध गर्ने र अनावश्यक आरोप लगाउने गरेको र त्यसलाई भण्डा फोर गर्नु पर्ने बताए ।

बिशिस्ट अतिथी नगर उप प्रमुख मन्जु यरिले अब नगरपालिका सम्पुर्ण वडाहरुमा सडक सन्जालले जोडिसकेको र अब स्तर वृद्धि तिर नगरपालिकाले ध्यान दिने बताएकी छन । अब बिकटका बाकी औलहरुको टोलहरुमा सडक जोडिना बाकी रहेको र त्यस तर्फ पनि ध्यान दिन बताएकी छन । जनताको अपेक्षा अनुसार बिकास गर्ने नसकिए पनि आउदो बर्ष जनताको सहयोगमा अपुरा सपना पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले अब सडक सन्जालले जोडिनु भन्दा १२ महिना गाडी सन्चालन हुने तिर नगर सरकार लाग्नु पर्ने र सडक मात्र नभएर शिक्षा, स्वास्थ, बिधुत, खानेपानी तिर पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।

सडकहरुमा जथाभावी डुङ्गामाटो, दाउरा नफाल्न स्थानीय जनतालाई आग्रह गरेका छन । सडक उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस वडा न २ का क्रीयासिल सदस्य जीवन रानाले नेपाली काङ्ग्रेस पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन ।

अध्यक्ष पुनले आफ्नो पार्टीमा स्वागत गर्नु भएको छ । यस्तो आशा लग्दो युवाहरुले अब नेकपामा आएर देश विकासमा जुटन समेत आग्रह गरेका छन । नव प्रवेशि रानाले बिगतमा काङ्ग्रेसमा लागेर गल्ती गरेको र काङ्ग्रेसले देशको विकास पनि गर्ने नदेखेर आफुले नेकपामा प्रवेश गरेको बताएका छन ।

अब देश बिकास नेकपाबाट मात्रै सम्भावना रहेको बताएका छन । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, २ न वडा अध्यक्ष प्रतिमल बुढा, ३ न वडा अध्यक्ष टेक ब पुन, नेकपा सल्यान जिल्ला कमिटी सदस्य कृति ब राना, धन ब पुन, रबिराज शर्मा, दुर्गा बुढाथोकी, दिपक यरि, लगाएत स्थानीयको उपस्तिथि रहेको थियो ।