नेकपा पार्टीलाई हेप्का गाउँ प्रवेशमा निषेध

हुम्ला–नेपाल कम्यूनिष्ट पार्टी नेकपालाई नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश निषेध गर्न चेतावनी दिएका छन् ।  हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै चेतावनी दिएका छन् ।  पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफना नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाएका छन् ।

गाउँमा कमिटी र संगठन गठन गर्न नदिने र अब आउने चुनावहरुमा नेपाल कम्यूनिष्ट पार्टीलाई हेप्का गाउँ प्रवेश गर्न निषेध गर्न विज्ञप्तीमा जारी गरिएको छ ।  जिल्लाको अगुवा नेताहरुलाई कुनै पनि राजनैतिक कार्यक्रम र पार्टीको कार्यक्रम लिएर गाउँ जान रोक लगाउने आक्रोश व्यक्त गरेका छन् ।  राजनितिक हिसाबले सक्रिय हुदाँ हुदै पनि आग्रह पूर्व आग्रह गरेको हेप्काबासीहरुले बताँउने गरेका छन् ।
चरणबद्ध तरिकाले पार्टीभित्र संघर्ष चलाउने भन्दै हेप्काबासीहरुले विज्ञप्ती जारी गरेका छन् ।