टेलिफोन सेवा नभएका हिल्सानाकामा इन्टरनेट

हुम्ला– उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत चीनको सिमा क्षेत्रमा वल्र्डलिंक, ईन्टरनेट जडान गरिएको छ । नेपाल दुरसञ्चारले नागरिकलाई सेवा पु¥याउन नसकेको क्षेत्रमा वल्र्डलिंकले सेवा विस्तार गरेको हो ।
नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्डलिंक कम्युनिकेशनले सुचना प्रबिधिमा नयाँ रेकर्ड कायम गरेको छ । ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको हिल्सा नाकामा इन्टरनेट टावर स्थापना गरिएको रामजन रावतले जानकारी दिएका छन् ।

वल्र्डलिंक कम्युनिकेशन प्रालि कर्णाली प्रोजेक्टले नयाँ मुकाम हासिल गरेको हो, नेपाल टेलिकम पुग्न नसकेको क्षेत्रमा हामी पुगेका छौं’ कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमुख राजेन्द्र बिष्टले बताए ।
नेपालको उच्च हिमाली जिल्ला भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत समुद्र सतह देखि ४ हजार ,६ सय ,५० मिटरको उचाईमा टावर निर्माण गरेर ईन्टरनेट सेवालाई हिल्सा नाकासम्म पु¥यान सफल प्रमुख विष्टले बताए ।

‘भारतीय तीर्थयात्री पर्यटकहरुले मानसरोवर यात्रा गर्दा इन्टरनेट सेवाबाट कम्मुनिकेशन गर्न सक्ने भएका छन । हिल्साबासीले पनि वल्र्डलिंक सेवाबाट सामाजिक संजालमा जोडिने भएका छन ।
उत्तरी हिल्सामा हिउँदको महिनामा परेको भारी हिउँ अझै सम्म नपग्लिएको क्षेत्रमा यो सेवा संचालनमा आएको छ । १ हप्ताको प्रयास पछि चीनको सिमा क्षेत्रमा वल्र्डलिंक सेवा संचालनमा आएको हो ।