हुम्ला पर्यटकहरुका लागि अर्थाहा प्राकृतिक सम्पदा छन

हुम्लामा पर्यटक आवतजावतले हुम्लीबासीहरुले यसबाट के लाभ लिने गरेका छन । वर्षेनी कति आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्ला घुम्न जाने गरेका यस विषयमा टच कैलाश ट्रभल्स एजेन्सीका क्षेत्रीय प्रबन्धक विष्णु रावतसँग गरिएको कुराकानीः

१. हुम्ला पर्यटकहरुको रोजाई किन बनेको छ ?

नेपालको उत्तरी भेगको अन्तिम चीनको सीमा पर्ने जिल्ला हुम्ला हो । हुम्ला पर्यटकहरु मुख्य रोजाई बनेको छ । हुम्लाको उत्तरी लिमी उपत्यकामा हिमाली चौरी वन्यजन्तु चराचुरुङी वनपैदावाको लागि अत्न्तै राम्रो गन्तव्य स्थल मानिन्छ । विश्वमा नभएका पशुपछीको बाँस स्थान पनि यहाँ छ । हाल यो जिल्लाबाट चीनको तिब्बतको मानसरोवर ताल दर्शन गर्ने जाने तिर्थयात्रीका लागि छोटो र सहज छ सडक सञ्जालले नछोएको यो जिल्ला हाल प्राकृतिक सुन्दरता अर्गनिक खानेकुरा,पृथक चालचलन हेर्न पर्यटकको मुख्य रोजाई बनेको हो ।
२ हुम्ला जिल्लामा पर्यटकहरु आवतजावत कतिको देखिन्छ ?

विगतका वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्ला घुम्न कम आउने गरेका थिए । २०७० सालको भुकम्प पछि हुम्लाको सिमकोट विमानस्थल हुदै १७ हजार पर्यटकहरु चीनको मानसरोवर र हुम्लाका पर्यटकीय स्थान घुम्न गएका थिए । गत वर्ष १० हजार भारतिय तिर्थयात्रीहरु हुम्लाको सिमकोट हुदै चीनको तिब्बत पुगेका थिए । वर्षेनी १० हजार भन्दा बढी पर्यटकहरु भित्रिने गरेका छन ।
३ हुम्लामा पर्यटकहरुका लागि हेर्न र घुम्न लागेका के के छन ?
हुम्ला हेर्न आउने पर्यटकहरुका लागि अर्थाहा प्राकृतिक सम्पदा छन । विश्वमा नभएका जंगली जनावर हुम्लाको लिमी उपत्यकामा हेर्न र अवलोकन गर्न सकिन्छ अशोक चल्लका पालमा लिखित ताम्रापत्र हुम्लाको रलिङगुम्बा छ । कान्छो मानसरोवर तिर्थ खार्पनाथमा र सुन्दर हिमशृखला हिमतालहरु झरना लागयतका अन्गीन्तिी पर्यटकीय स्थलहरु हेर्न आउने गरेका छन ।

४. पर्यटकबाट हुम्लीबासीहरु के फाइदा हुन्छ जस्तो लाग्छ ?

पर्यटक आगमनले सदरमुकाम सिमकोट बजारमा दैनिक ३० देखि ४० हजार दैनिक उपभोग्य बस्तुहरुको करोबार हुने गरेको छ । सामान्यतया एकजना पर्यटकले एक दिनमा २ हजार ४ सय रुपैया होटलमा खर्च गर्छन । होटेल व्यसायले आम्दानी लिने गरेका छन । पर्यटकहरु आवतजावत हुदा भारी बोकेर स्थानीयहरु आम्दानी बढाएका छन । वर्षेनी पर्यटकहरुबाट करोडौ राजस्व संकलन हुने गरेको प्रतिव्यक्ति पर्यटकहरुबाट १ हजार १ सयका दरले राजस्व संकलन हुने गरेको छ । जिल्लाका पर्यटकीय स्थल घुमाउन सक्यौ भने अझ राम्रो आम्दानी हुन सक्छ । हुम्लामा पर्यटकलाई लोभ्याउने प्रशस्त पर्यटकीय स्थल पनि छन् ।

५ं अन्तमा हुम्लामा भएका पर्यटकीय गन्त्वय सम्म पर्यटकहरु घुम्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

हुम्ला जिल्लाको पृथक साँस्कृति परम्परा छ यो जिल्लामा विश्वमा दुलर्भ मानिएका जनावर लिमी उपत्यका भित्र हेर्न सकिन्छ । सुन्दर ताल तलैया, हिमाल, झरना रहेका छन् । यसलाई प्रचार प्रसार गरी हेलिकप्टरबाट मात्रै अवलोकन नगरी पर्यटकहरुलाई हिडेर अवलोन गर्न हो भने आन्तरिक तथा बाह्य पर्यटकहरु हेर्न सक्थे सबै भन्दा मुख्य कुरा सडक सञ्जाल नहुँदा पर्यटकहरु फाइदा लिन सकिरहेका छैन् ।