सरकारको १ सय पर्यटकीय गन्तब्यमा हुम्लाको लिमी उपत्यका छनौट

हुम्ला १६ कार्तिक । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तब्यलाई प्रवद्र्धन गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्य छनोट गरेको हो ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएपछि हुम्लाको लिमी उपत्यका पनि छनौटमा परेको छ ।
नयाँ पर्यटकीय गन्तब्यका लागि ६ सय भन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यस मध्ये हुम्लाको लिमी नयाँ गन्तब्यमा परेको छ ।

हुम्ला जिल्लाको लिमी उपत्यका सम्भावना भएर पनि ओझेलमा पदै आएको थियो । लिमी उपत्यकालाई विशेष प्रचार,पसार र संरक्षण गरिने हो भने नयाँ पर्यटकीय गन्तब्यको विकास हुने देखिन्छ ।

लिमी उपत्यका प्राकृतिक सम्पदा, ताल तलैया, वा पोखरी भएपनि चर्चा नपाउदा ओझलमा परेको थियो । नयाँ गन्तब्यमा लिमी उपत्यका परेपछि स्थानीयहरुमा खुसी छाएको छ ।