आघा दर्जन काठेपुल भाँचिदा गाउँमा समस्या

 हुम्ला अत्याधिक हिमपातले सिमकोट गाउँपालिका १ मा रहेको आघा दर्जन काठेपुल भाँचिएपछि दोजाम हुँदै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ ।

पर्यटकहरु आवतजावत गर्ने समय भएकाले पुल जोखिममा रहँदा समस्या भएको स्थानीय सुर्य लामाले बताए । उनका अनुसार माथिल्लो साँखु, निलो खोला, ठाडो साँखु, तल्लो साँखुलगायतका काठेपुल भाचिएको छ । प्रत्येक वर्ष दोजाम हुँदै १० देखि १५ वटाको समुहमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

काठेपुल भाचिएपछि गाईवस्तु भेडाबाख्रा र चौरीलाई चरन क्षेत्रसम्म लैजान समस्या हुँदै आएको छ ।